नागरिकताको विषयलाई लिएर रवि लामिछानेको स्पष्टिकरण, भन्छन्ः कतिपटक स्पष्टीकरण दिनु पर्ने हो ?

भरतपुर । यहाँको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रतिष्प्रर्धा गरिरहेका रवि लामिछानेले नागरिकताको विषयमा आफ्ना विरोधीहरुले अनावश्यक बखेडा झिकेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानले  विवाद ४ वर्षअघि नै समाधान भइसकेको बताएका हुन् । उनले आफ्नो फेसबुक पेज मार्फत यस्तो जानकारी दिएका हुन् । उम्मेदवारी खारेज गर्न माग गर्दै चितवनमा उजुरी परेपछि उनले स्पष्टिकरण दिएका हुन् ।   

"एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकीलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेस र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेसमा, अनि चितवन जिल्ला सरकारी वकील कार्यालय देखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरीकताको बिषय समेतमा विवेचना भई सेटल भईसके पछि फेरी कति पटक स्पस्टीकरण दिनु पर्ने हो?" उनले फेसबुकमा लेखेका छन् । 

Post a Comment

0 Comments