परिजिता बास्तोला द भ्वाइसको टप १३ मा छनौट, भोट गर्ने सबैलाई दिईन धन्यवाद, अर्को हप्ता फेरी प्रतिष्प्रर्धा

बाल्टिमोर । अमेरिकी गायन रियालिटी शो द भ्वाइसमा टप १३ लागि सोमबार भएको प्रतिष्प्रर्धामा नेपाली मुलकी १७ वर्षिय परिजिता बास्तोला छनौट भएकी छिन्। सोमबार साँझ भएको प्रतिप्रर्धामा उनले  लेडी गागाको चर्चित गीत 'आई विल नेभर लभ एगेन' गाएकी थिईन । सबै जजहरुले उनको निकै तारिफ गरेका थिए । 

मंगलबार साँझ फेसबुकमा सन्देश पोष्ट गर्दै  वास्टोलाले आफू टप १३ मा छनौट भएको भन्दै र भोट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । उनले अरु राउण्डहरुमा पनि आफूलाई सहयोग जारी राख्न अनुरोध गरेकी छिन् । परिजितालाई जिताउन संसारभरका नेपालीहरुले स्वतन्त्र रुपमा भोट माग्ने अभियान नै चलाईएको छ । मेरिल्याण्डमा सोमबार उनको गृहनगरमा उनको गायनको प्रत्यक्ष अवलोकन कार्यक्रम पनि राखिएको थियो । जसमा उनले अध्ययन गरिरहेको विद्यालयका सहपाठी र स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । 

 अब अर्को प्रतिष्पर्धा आउँदो सोमबार २१ तारिख साँझ ७ बजे हुने छ । सोही दिन ८ बजेबाट भोटिंग सुरु हुने छ भने अर्को दिन विहानसम्म भोटिंग चल्ने छ ।  

Post a Comment

0 Comments