द भ्वाइसमा परिजितालाई जिताउन अमेरिकी रेष्टुरेन्टको सहयोग, सुलिभान्स कोभले आयोजना गर्यो प्रत्यक्ष अवलोकन पार्टी



बाल्टिमोर । अमेरिकी द भ्वाइसकी प्रतिष्प्रर्धी नेपाली मूलकी पहिलो किशोरी परिजिता बास्तोलालाई भोट गरि जिताउन यहाँ एक अमेरिकी रेष्टुरेन्टले आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ । मेरिल्याण्डको सेभेर्ना पार्कमा रहेको चर्चित अमेरिकी रेष्टुरेन्ट सुलिभान्स कोभले सोमबारदेखि हुने द भ्वाइसको भोटिंगमा भोट गरेर सहयोग गर्न सबैलाई आग्रह गरेको हो । 

रेष्टुरेन्टले सोमबार परिजिताको कार्यक्रमको लाइभ अवलोकन गराउने व्यवस्था पनि गरेको जनाएको छ । कोभले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यस्तो जानकारी दिएको हो । सोमबार नोभेम्बर १४ तारिख बेलुकी परिजिताको प्रस्तुती पछि द भ्वाइसमा भोटिंग सुरु हुने छ । भोटिंग मंगलबार विहानसम्म चल्ने छ । भोटिंगकै आधारमा उनको आगाडी यात्राको तय हुने भएकोले धेरैभन्दा धेरै भोट गर्न रेष्टुरेन्टले आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।  

परिजिता द भ्वाईस सहभागी हालसम्म कै पहिलो नेपाली मुलकी किशोरी हुन् । उनको स्वरको जादुले नेपाली समुदायमा मात्रै नभएर अमेरिकी गायन क्षेत्रमा समेत निकै राम्रो चर्चा पाएको छ । द भ्वाइसको ब्लाइण्ड अडिसनमा उनले चारवटै कोचको कुर्सी घुमाउन सफल भएकी थिईन । त्यसपछिको प्रस्तुतीहरुलाई पनि निकै रुचाईएको छ ।  

यसरी गर्न सकिन्छ भोट 

बास्तोलालाई मतदान गर्न द भ्वाइसको आधिकारीक मोबाइल एप्स र वेभसाइडमा जानुपर्ने हुन्छ ।  मोबाइल एप्स यहाँबाट डाउलोड गर्न सकिन्छ । सोही एप्समार्फत परिजितालाई सोमबार बेलुकीदेखि भोट गर्न सकिन्छ ।

हाल बिधुतीय माध्यमबाट मात्रै भोटिंग गर्न मिल्ने भएकोले वेभसाइडमार्फत संसारभरबाट भोट गर्न सकिन्छ । द भ्वाइसको एप्स तथा वेभ साइडबाट सित्तैमा एक पटकमा १० भोट गर्न सकिने व्यवस्था गरिएको । एप मार्फत एक जनाले १० वटा भोट गर्न मिल्छ । बेभसाइडबाट पनि १० वटा भोट गर्न मिल्छ । एक भन्दा धेरै मोबाइल तथा डिभाइस बोक्नेहरुले आफ्नो प्रत्येक डिभाइसबाट १०/१० वटा भोट गर्न मिल्छ । परिजितालाई जिताउन सक्रिय टिम परिजिताले धेरै भन्दा धेरै भोट गरेर उनलाई जिताउन सहयोग गर्न आग्रह गरेको छ । 

Post a Comment

0 Comments