अमेरिकामा नेपालीबाटै यसरी ठगिन्छन् नेपाली (तथ्यसहित)

 १, मध्यअमेरिकामा रहेको कोलोराडो राज्यमा केही समयअघि एक नेपाली नेपालबाट डिभी परेर आएका थिए । नेपाली बस्ती निकै पालतो रहेको त्यो समयमा उनलाई स्थानीय नेवार थरका एक नेपाली व्यवसायीले सहयोग गरे ।

तर यस्तो सहयोग गरे कि उनलाई झण्डै वर्षदिन बन्धक बनाएर राखे । बाहिर निस्किए प्रहरीले समाउँछ भन्दै डर देखाउँदै तलब नै नदिई उनलाई आफ्नै काममा लगाएका थिए । करिब वर्षदिन पछि मात्रै ती नेपाली संयोगले अर्का एक नेपालीसँगको भेटपछि त्यहाँबाट निस्कन सफल भए ।

२. गएको वर्ष अमेरिकामा नेपाली बीमा दलालको विषय नेपाली समुदायमा चर्चामा रह्यो । २० वर्षपछि शुन्य हुने व्यवहोराको बीमा पोलिसीलाई बोस्टनमा रहेका नेपाली बीमा दलालले दोब्बर हुने भनेर बेचिदिए, त्यो पनि कयौं नेपालीलाई ।

बोस्टन र आसपास क्षेत्रमा बस्ने १ सय ४८ नेपालीलाई पोलिसीमै नभएको झुटो आश्वासन र गलत व्याख्या गर्दै जीवन बीमाका पोलिसी बेचेका ति नेपालीको ठगि पत्ता लगाउनै ३ वर्ष लाग्यो । जब पत्ता लाग्यो तबसम्म निकै ढिला भइसकेको थियो । यद्यपि अमेरिकामा भएकोले ठगिने नेपालीले न्याय पाए, ठग नेपालीमाथि कारबाही भयो । यतिसम्म कि बेच्ने नेपाली भएकै नाताले पोलिसीमा के छ भन्नेसम्म नपढी उनीहरुले बीमा किनेका थिए । पछि धेरै राज्यहरुमा फैलिएपछि मात्रै यो ठगी पत्ता लागेको थियो ।

३. अमेरिकामा सरकारी कार्यालयका निवेदनहरु सित्तैमा भरिन्छ । डिभी परेकाहरुको ग्रिनकार्डदेखि सामाजिक सुरक्षा कार्डको लागि तिरिने पैसामा एक सेन्ट पनि थप कमिशन दिनु पर्दैन । यो त कानूनी रुपमा आउनेहरुको हकमा भयो । तर यसरी सुरुमा कानूनी रुपमै अमेरिका प्रवेश गर्नेहरुबाट पनि ग्रिनकार्डको पैसा तिर्न आफ्नो बैंक कार्ड प्रयोग गरिदिएवापत पनि कमिशन लिएका नेपालीहरुको चर्चा बेला बेलामा सामाजिक सञ्जालमा हुने गर्छ ।

तर अमेरिकाकै व्यस्त शहर न्यूयोर्कमा ल फर्म नामको कानूनी व्यापार गर्ने नेपालीले चलाएका व्यवसाय भने डरलाग्दो छ । गैरकानूनी रुपमा आएका र कुनै कानूनी झमेला परेर नेपाली भाषा जानेको आधारमा उनीहरुकहाँ पुग्ने नेपालीलाई उनीहरुले चिलले चल्ला भेटेको जस्तो गरिदिन्छन् ।

लेखक खतिवडा

गत वर्ष सुवेदी थर भएक एक नेपालीको ग्रिन कार्ड बनाउने नाममा न्यूयोर्कका नेपाली वकिलले २० हजार डलर झ्वाम पारिदिए । जबकि योही प्रक्रियामा ग्रिनकार्ड बनाएका अरु नेपालीले ६ देखि बढीमा १० हजार खर्च गरेका थिए । नेपालबाट दलाललाई ३५ हजार डलर तिरेर हिडेका उनको थप २० हजार खर्च बढ्यो । यतिसम्मको आफ्नो घर ठेगाना प्रयोग गर्न दिएकै भरमा उनीसँग पैसा पनि असुलियो ।

वर्क परमिटको निवेदन दिनका लागि अमेरिकी सरकारी कार्यालयले लिने निश्चित शुल्क बाहेक ५ सय डलर कमिशन पनि वकिलले झ्वाम पारिदिए । कुनै समस्या लिएर नेपाली पुगेमा अपवाद बाहेक धेरै कानूनी व्यवसायीहरु बहाना बनाएर प्रत्येक निवेदनको साथमा २ सयदेखि ५ सय डलरसम्म पैसा अशुलिदिन्छन् । अमेरिकाको न्यूयोर्क शहर नेपाली वकिलहरुको लागि चिनिने शहर हो । अर्को हिसाबले भन्नुपर्छ अदालती कामको लागि धेरै नेपाली नेपालीबाटै ठगिने शहर पनि ।

४. न्यूयोर्क मै एक नेपाली विद्यार्थीलाई अपार्टमेन्ट सेयर (कोठा भाडामा दिनु) गरेकी एक नेपाली पहिलाले यो वा त्यो नाममा विद्य विद्यार्थीसँग ५ हजार भन्दा धेरै डलर लिइन् । पछि ती विद्यार्थीले पैसा फिर्ता माग्दा प्रहरीलाई फोन गरेर उल्टै विद्यार्थीलाई फसाईदिने काम गरिन् । ती विद्यार्थीले पैसा उठाउन साथीभाईको सहयोग माग्नुपर्ने अवस्था आयो ।

५. मेरिल्याण्डमा एक नेपाली व्यवसायीले अर्को नेपालीलाई काममा राखिन् । काम सुरु गरेको एक महिनासम्म तलब नदिई उनलाई काममा लगाईयो । अमेरिकामा हप्ता, दुई हप्ता तथा महिना दिनमा काम गरेको ज्याला दिने प्रचलन रहेको छ । तर महिना दिनपछि पनि उनलाई उक्त ज्या ला दिनुको सट्टा उल्टै धरौटी भनेर दिईएन । र, पछि कुनै न कुनै वाहानामा कामबाट निकालियो । पछि जानकारी भयो उनले अरुलाई पनि एक एक महिना काममा राख्दै धरौटी भन्दै पैसा नदिँदै कामबाट निकाल्ने गरेकी रहिछन् ।

निशानामा विद्यार्थी र कागजविहिन 

पछिल्ला उदाहरणहरु हेरेपछि धेरैलाई लाग्नसक्छ अमेरिकाजस्तो कानूनी देशमा पनि यस्ता ठगी हुन्छ र ? तर समस्या अर्कै छ । विशेष गरेर ठगिनेहरुमा कागजपत्र नभएका र विद्यार्थीहरु धेरै रहेका छन् । जसलाई यहाँ कानूनी रुपमा काम गर्ने हैसियत हुँदैन त्यस्ता व्यक्ति प्रहरीको र मुद्दामावलामा जान नसक्ने देखेपछि ठगहरुको ध्यान त्यतै जान्छ ।

कतिसम्म भने एउटा सानो अपार्टमेन्ट लिएर त्यसमा ४\५ जनासम्म विद्यार्थीलाई भाडामा राखेर पैसा कमाउने नेपालीहरु समेत प्रसस्त भेटिन्छन् । क्याम्पसको शुल्क तिर्न र अतिरिक्त कमाई गर्न लाग्ने विद्यार्थीहरु यसरी अरुको अपार्टमेन्टमा वस्नुपर्ने बाध्यतामा पुग्छन् ।

अमेरिकामा ग्यास स्टोर लगायतका व्यवसाय गरेका नेपालीहरुले यस्ता विद्यार्थी तथा गैर कानूनी रुपमा अमेरिका आएकाहरुलाई खोजी खोजी काममा लगाएर श्रम सोषण पनि गर्ने गरेका गुनासाहरु सामाजिक सञ्जालमा भेटिन्छन् । भाषाको कारण नेपालीहरु सहयोगको लागि नेपालीकोमै पुग्ने गरेपनि केहीले भने त्यसलाई ठगिको माध्ययम बनाएका छन् ।

अमेरिकामा अरु नागरिकलाई कानूनी दायराबाहेक एक इन्च पनि तलमाथि भए कानूनी रुपमा ठूलो सजायको भागिदार हुनुपर्ने भएपनि नेपालीले नेपालीलाई भने डर त्रास देखाएरै यसरी ठगी गर्दै आईरहेका छन् ।

Post a Comment

0 Comments