अमेरिकामा लिएको ऋण नतिरे के हुन्छ ?

✍🏻✍🏻 सानुबाबु सिलवाल

कुनै कम्पनिको सेवा लिए बापत कुनै कारण बस तपाइले लागेको शुल्क वा बिल, सरकारि रकम वा कुनै आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा तिर्नु भ​एन​, तिर्न बिर्सनु भयो, हेलचेक्र्याइ गरि तिर्नु भ​एन वा लापरवाहि गर्नु भयो वा समयमा तिर्न असमर्थ हुनुभयो वा तिर्न तपाइसङ्ग डलर छैन भने के हुन्छ अमेरिकामा? नतिर्दा के गर्छन तिनले? नतिर्दा हुनसक्ने परिणाम के हो? नतिरेमा कहाँ कहाँ, कुन कुन अबस्थामा तपाइलाइ असर पुग्छ भबिष्यमा? र अ उनिहरुले कसरि असुल्छन उक्त रकम तपाइसङ्ग?

धेरै नेपालिहरु जो नया छन उनिहरुलाइ कुनै अत्तोपत्तो हुने कुरै भ​एन​। यहा धेरै बर्ष बसेका अधिकाश नेपालिहरु पनि यस मामलामा अन्यौल छन अर्थात जानकारि नै छैन​। कि त पर्नु पर्यो कि त पढेर जान्नु पर्यो। नत्र घटना भ​एपछि, समस्यामा परे पछि सुझाब​, जानकारि एबम समाधानका उपायका लागि थुप्रै नेपालि दाजुभाइ दिदिबहिनिहरु सम्पर्कमा आइरहनु भ​एको छ​।
यसको बारेमा आउने मेरो लाइभबाट जानकारि डिटेलमा पाउनुहुनेछ तर तैपनि आज यस लेखमा छोटकरिमा लेख्न गैरहेको छु।

कतिपय कम्पनि वा सस्थाले कलेक्सन डिपार्टमेन्टलाइ जिम्मा लगाउनु पुर्ब नै तपाइको क्रेडीटमा रिपोर्ट गरिसक्नेछ​। त्यसो हुदा तपाइको क्रेडीट ड्यामेज हुनेछ र उक्त खराब रेकर्ड मिनिमम ७ बर्षसम्म रहनेछ तपाइको क्रेडीट हिष्ट्रिमा।

 

अमेरिकामा कसैको सेवा वा बस्तु वा सरकारि, अर्धसरकारि, निजि, राज्य वा सघिय फेडेरल सरकारका निकाय वा सिटि, काउन्टि, टाउन वा कुनै पनि सस्थाको तिर्नुपर्ने रकम नतिरि सुखै छैन​। कुनै टेक्निकल मिस्टेक बाहेक​, प्राबिधिक भुलभुलैयामा झुक्किएर तपाइलाइ चार्ज गरेको भ​ए उक्त सस्था वा कम्पनि वा निकायमा सम्पर्क गरे समस्या समाधान गरिहाल्छ नै तर​, कुनै नियत वा अनियतबस तपाइले तिर्नुपर्ने आर्थिक कारोबार समयमा नतिर्दा, तिर्ने चेष्टा नगरेमा वा अटेरि भ​एमा वा कुनै कारणबस तिर्न नभ्याएको भ​ए वा तिर्न तपाइसङ्ग रकम नभ​ए वा कुनै कारणले समयमै भुक्तानि नगरे तपाइलाइ जरिवाना, ब्याज हर्जना सहित अर्को बिल पठाउदा पनि तपाइले बेवास्ता गरे वा नतिरे ति कम्पनि वा सस्थाले तेश्रो पार्टि कलेक्सन डिपार्टमेन्टलाइ तपाइबाट भुक्तानि उठाउन जिम्मा लगाइदिन्छ र कतिपय कम्पनि वा सस्थाले कलेक्सन डिपार्टमेन्टलाइ जिम्मा लगाउनु पुर्ब नै तपाइको क्रेडीटमा रिपोर्ट गरिसक्नेछ​। त्यसो हुदा तपाइको क्रेडीट ड्यामेज हुनेछ र उक्त खराब रेकर्ड मिनिमम ७ बर्षसम्म रहनेछ तपाइको क्रेडीट हिष्ट्रिमा।

तर​, सरकारि निकाय​, राज्य वा सघिय सरकारका निकाय​, सिटि वा काउन्टि वा आइ आर एस वा कुनै पनि सस्थाले तपाइको श्रीसम्पति, जायजेथाबाट भएपनि उक्त रकम उठाउने अधिकार राख्दछन​। यसो भयो भने तपाइको घर, तपाइको बैङ्क खाता, तपाइले काम गरेको पे चेक मार्फत रकम गारनिशमेन्ट गरि रकम उठाउनेछ​। यस्तो अबस्थामा आर्थिक बेमानको रुपमा रपाइको रेकर्ड थुप्रै बर्षसम्म रहनेछ। त्यसो भयो भने तपाइलाइ लेन्डिङ्ग कम्पनि वा कुनै बित्तिय सस्थाले सुक्कामोहोर सापटि वा ऋण दिदैन अमेरिकामा।

अमेरिकामा आर्थिक बेइमान​, आर्थिक गैरजिम्मेवार हुदा तपाइको अमेरिकि ड्रिम ध्वस्त हुनेछ किनभने बित्तिय सस्था वा सरकारि निकायसङ्ग यस्तो खराब सम्बन्ध वा रेकर्ड बन्नु भनेको तपाइको अमेरिकि ड्रिम​, समुन्नति सकियो भनेर जान्नु।

तपाइ इमान्दार हुदाहुदै, आर्थिक कारोबार चुस्त राख्दाराख्दै, लेनादेना पारदर्शि हुदाहुदै कुनै परिस्थिति वा आर्थिक परिबन्दमा परि समयमा तिर्न सक्नुभएन भने ति सस्था वा निकाय वा कम्पनिले कलेक्सन डिपार्टमेन्टमा कलेक्सनका लागि पठाउनु पुर्ब नै कम्पनिमा गै एकमुष्ठ क्यास डिल भ​ए डिस्काउन्ट र नियमित पेमेन्ट डिल मार्फत भ​ए त्यहि अनुरुप कागज सम्झौता गरि रकम तिर्न सक्नुहुनेछ​। के हेक्का राख्नु भने यस्तो तिरनतारनमा नतिरे कलेक्सन डिपार्टमेन्टले तपाइको बसाइ वा घरमा आइ तिर्नुपर्ने रकम बराबरको जायजेथा उठाउन सक्छन​।

तर​, सरकारि वा राज्य एबम सघिय सरकारका निकाय वा कुनै बित्तिय सस्था वा क्रेडिट कार्डले तपाइलाइ अदालतमा उभ्याउने देखि कोल्याटर भ​ए तपाइको घर जमिन सम्पति, गाडी वा कुनै पनि चिजबाट लिलामि गरि उठाउन सक्नेछन​।
त्यसैले अमेरिकामा तिर्ने मामलामा, आर्थिक कारोबारमा, सेवा वा सुबिधा लिएर आर्थिक जिम्मेवारि लिने सवालमा हेलच्रेक्याइ वा बदमासि वा कुनियत नराख्नु। आर्थिक घाटि हेरि हाड निल्नु, आय आम्दानि नहुने खालका ॠण नलिनु, लिएपनि समयमै तिरिदिनु। आर्थिक आनिबानि र इमान राखे मात्र अमेरिकामा अमेरिकन ड्रिम पुरा गर्ने, जिवन सहज बनाउने र टिक्न सकिन्छ​। खर्चबाट, ऋणबाट​, कमाइ न समाइ मोजमस्तिको चार बित्ता माथि नउफ्रिनु।
        -सिलवालको फेसबुकबाट साभार

Post a Comment

0 Comments