विवादै विवादले भरिएका रवि लामिछाने: कानूनबाट बच्न भावनाको व्यापार !

 तस्वीरबाट www.ukeraa.com सापटी लिईएको हो । रविको नागरिकतामाथीको फलोअप पढ्न मन भए उकेरामै जानुहोला । कुनबाटो जाने थाहा भएन? लिंक यहाँ छ ।  

काठमाडौं । "एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकीलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेसमा, अनि चितवन जिल्ला सरकारी वकील कार्यालय देखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरीकताको बिषय समेतमा विवेचना भई सेटल भईसके पछि फेरी कति पटक स्पष्टिकरण दिनु पर्ने हो ?" 

 यो भनाई हाम्रो होईन, रवि लामिछानेको हो । रवि लामिछाने अर्थात उनै देशमा बढो शुसासनको भाषणा ठोक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति । ए साँच्ची प्रतिनिधि सभाको लागि चितवन क्षेत्र नम्बर २ का उमेदवार पनि हुन क्यारे । 

यति पढिसक्दा तपाइलाई लाग्यो होला यसमा गलत के छ र ? सबै कुरा ठिकै गरेको छन् । तर नेपालीमा एउटा उखान छ नि ? काम आग्राको, कुरो गाग्राको !

अब जाऔं मुख्या प्रसंगतिरै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता ब्यूत्याउने कानूनी प्रक्रिया सुरु नगरेको भन्दै चितवनको निर्वाचन कार्यालयमा उजुरी पर्यो । 

कुरा यहीं बुझ्नुस है, फेरी दोहोरेयाउँछुः विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुन्छ, कानून अनुसार विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः ब्यूतिन्छ तर त्यसको लागि एउटा सामान्य कानूनी पक्रिया पुरा गर्नुपर्ने हुन्छ । अर्थात एउटा निवेदन दिनुपर्ने हुन्छ सम्बन्धित निकायमा, यो खुलाउँदै कि म अब विदेशी नागरिक रहिंन, मैले यो मितिमा विदेशको नागरिकता त्यागेको हुँ, अब नेपालको नागरिकता कायम गरी पाउँ नत्र म देशविहीन नागरिक हुने छु, भनेर । 

याद गर्नुस है, त्यो निवेदन दिएपछि हुने हो, भावनामा बगेर, अनुहार हेरेर, चर्चित भएको देखेर, समाचार पढेर आफैं हुने होईन । फेरी त्यो निकाय भनेको माथी रवि लामिछानेले लेखेको प्रेस काउन्सील पनि होईन, वकिलको कार्यालय पनि होईन, उच्च अदालत पनि होईन । 

जिल्ला प्रशासन वा प्रशासनिक निकाय हो, जहाँबाट नागकिरता जारी हुन्छ । कुरो यत्ति मात्रै हो । यत्ति गरेपछि जिल्ला प्रशासन वा सम्बन्धित निकायले नागरिकता कायम भएको पुष्टी गर्छ, अर्थात पहिला खारेज भएको नागरिकता अब बैद्य भयो है भन्छ । भएन भने प्रतिलिपी दिन्छ । जसरी हुन्छ नागरिकता कायम हुन्छ । कानूनी आधार यत्ति हो, कुरो बुझ्नु भयो नि ? 

यत्ति गरेको एउटा प्रमाण दिन्छ, चिर्कटो । हो त्यही चिर्कटो देखाएर लाईभ गरेको भए खेल खत्तम भइहाल्ने थियो नि । होईन र ? हो यही काम नगरेको भन्दै रविको विषयमा उजुरी परेको हो । उनले आफ्नो नागरिकता वैद्य गराएका छैनन्, अर्थात उनले आधिकारीक रुपमा नागरिकताको लागि उजुरी दिएर पुरानो नागरिकतालाई फेरी सक्रिय नबनाएकोले उनको नागरिकता अमान्य हुन्छ भनेर उजुरी परेको हो । 

अब माथी गएर फेरी एक पटक रविको स्पष्टिकरण पढ्नुस, कुरोको तालमेल कतै पाउनुभयो ? त्यो मात्रै होईन, उनको लाइभमा भाषण गरेर पनि कुरा मोडेका छन । भनेका छन्, यसको जवाफ भोट हालेर दिनुहोला । के भन्न खोजेको ? मेरो नागरिकताको आधिकारिकता खोजियो, गर्र्नै नहुनेका काम भयो, अब भोट दिनुहोला भन्न खोजेको हो ? यही हो रविले खोजेको शुसासन ?  

तपाई रविको ठूलो समर्थक हो भने उनले जे भनेपनि पत्याईदिनुहुन्छ । किन कि आफ्नो समर्थनलाई भगवान जस्तै गरी सोचिन्छ । उनी प्रति कुनै नकारात्मक कुरा सुन्नै र देख्नै चाहनुहुन्न । यसलाई एक किसिमको 'ब्रेन वास' पनि भनिन्छ । रविले आफ्नो मिडिया, फेसबुक भिडियो र आसेपासेबाट समर्थकको यत्ति 'ब्रेन वास' गराएका छन् कि उन ले त कुनै गल्ती गर्नै सक्दैनन् जस्तो बनाएका छन् ।  

नागरिकताको विषयमा हालैको फेसबुकलाईभमा पनि मैलै यो जिल्ला प्रसाशनमा यो मितिमा यसरी निवेदन दिएको हुँ र जिल्ला प्रशासनले यो मितीमा यि यसरी दिएको छ, नपत्याए हेर्नुस, भनेर प्रमाण सहित किन देखाउँन सकेनन् ? फेरी किन भावनाको ब्यापार गर्नुपरो? भए पो देखाउनु! खैर यो त अब छानबिन हुन्छ नै, भए देखाउलान् । हामी माफी मागौंला । नभए कानून अनुसार भइजाला । तर रविको रवैया यत्तिमा मात्रै सकिँदैन । यस अगाडिको कुराहरु पनि हेरौं न है । 

रवि लामिछाने सुरुदेखि विवादित पात्र हुन् । उनी पहिला सकेसम्म आफ्नो  दुनो सोझ्याउने, विवाद भए जे गर्दा चर्चित भइन्छ, त्यही गर्ने । विवाद  भएपछि आफू जोगिन जे सजिलो हुन्छ त्यही गर्छन । नपत्याए यो घटनाहरु हेर्नुहोस । पहिला उनी अमेरिकी नागरिक रही रही नेपालमा पत्रकारिता गर्ने सुरमा नेपाल आइपुगे । कुन मितिमा हो, नखोजौं । मलाई याद पनि भएन, त्यो आवश्यक पनि छैन तर केही समय सिधा कुरा नामको समाजसेवा गर्ने, मनमा लागेको भटभट्याउने तर नेताहरुलाई मर्नेगरी गाली गर्ने कार्यक्रम पनि गरे । 

टिभी कार्यक्रमबाट चर्चित पनि भए, तर प्रेस काउन्सीलमा उनी विदेशी नागरिक भएको र नेपालमा गैरकानूनी रुपमा काम गरिरहेको उजुरी पर्यो । अब पर्यो फसाद ! उनको योजना अमेरिकी नागरिकता लिने, नेपालमा काम गर्ने थियो । अमेरिकामा व्यापार, नेपालमा चर्चा कमाउने भन्ने थियो । 

अमेरिकी नागरिकलाई अमेरिका मै बस्नु पर्दैन्, प्रक्रिया पुर्याएर विदेशमा जुन देशमा बसेपनि अमेरिकी नागरिकता खारेज हुँदैन । प्रेस काउन्सीलमा उजुरी परेपछि श्रम कार्यालयलाई सोधियो, श्रमले स्वीकृती लिएको छैन भनेर जवाफ दियो । कानूनी आधारमा उनी गैर कानूनी रुपमा नेपालमा रहेको र टिभीमा काम गरेको देखियो । उनले यहाँ पनि चर्चाको हतियार प्रयोग गरे । फेसबुकमा लाइभ गरे, भटभट्याए । सामान्य अरु भएको भए पक्राउ गरिन्थ्यो । देश निकाला गरिन्थ्यो । रवि त्यो चाहँदैन थिए ।  

अब नेपालमा जन्मिए पनि विदेशको नागरिकता लिएपछि विदेशी हुन्छ, नेपालमा काम गर्न स्वीकृती लिनुपर्छ वा काम छोड्नुपर्छ । लामिछाने नेपालमा चल्दै गरेको टेलिभिजन कार्यक्रम छोडेर अमेरिका गएर 'सबवेय' नामक एक फास्टफुड रेष्टुरेन्टमा फेरी काम सुरु गर्ने पक्षमा थिएनन् । 

उनले सर्प पनि मर्ने लौरो पनि नभाँचिने योजना ल्याए, तामझाम सहित अमेरिकी नागरिकता त्यागिदिने । फेसबुकमा तामझामसंग हल्ला गर्दै नागरिकता लगेर अमेरिकी दुतावासमा बुझाइदिए । यसबाट उनको चर्चा पनि भयो, अमेरिकामा रहेको झण्झट पनि टर्यो । के झन्झट? पख्नुस न पढ्दै जानुस । 

उनको अमेरिकी नागरिकता ताग्ने योजना उनको पूर्व तयारी अनुसार थिएन भन्ने यसरी पनि पुष्टी हुन्छः उनी नेपाल गएपनि उनको अमेरिकामा गरेको आर्थिक कारोबारको हिसाब तिरिएको थिएन । योजना अनुसार गएको हो भने पहिल्यै सबै हिसाब मिलान गरेको हुनुपथ्र्यो । उनी नेपाल गएर अपर्झट नागरिकता त्यागे पछि अब अमेरिकामा रहेको लाखौं ऋण किन तिर्ने ? तिरेनन् । 

त्यो विषयमा परदेशी पोष्टले सार्वजनिक गरेपछि फेरी आफ्नो दुनो सोझ्याउने गरी झुट बोले अर्थात सबै तिरिसकेको छु भने । तपाईले याद गर्नुभएको छ भने त्यतिबेला उनले भनेका थिए, अमेरिकी अदालतमा रहेको एउटा मुद्दा मात्रै फैसला हुनबाँकी छ, सबै प्रक्रिया मिलिसकेको छ अब त्यो पनि बन्द भएको देखिन्छ । उनले डिस्कोभर नामको एउटा बंकको केस थियो ।

 तर अहिले पनि उनको नाममा रहेको ३ वटा मुद्दाको अन्तिम फैसला भएको देखिँदैन । त्यसमा दुईवटाको त सुनुवाई नै भएको छैन । एउटाको फैसला भएर बन्द गर्ने प्रक्रियामा छ । पत्याउँनु भएन ? उ फोटोमा प्रमाण नै राखिदिएको छु । अब कुनै व्यक्तिको नाममा विदेशमा अदालतमा मुद्दा विचाराधिन छ भने नेपालमा चुनावमा उठ्न मिल्छ? मिल्दो रहेछ, कसरी मिलेको ? निर्वाचन आयोगमा गएर सोध्नुहोला । 


उनको व्यक्तिगत जिवन पनि विवादै विवादमा रह्यो । अमेरिकीमा रहेको श्रीमतीसंग विवाद भएपछि नेपाल फर्किनु अगाडि नै उनी अमेरिकामा छुट्टै बस्दै आएका थिए । श्रीमान श्रीमती विवाद भएपनि अमेरिकामा २१ वर्ष मुनीका बच्चाहरुको हेरचाह श्रीमान श्रीमती मिलेर गर्नुपर्छ, नगरे कानूनी फण्डामा परिन्छ । 

आफ्नी दुई छोरीहरुको हेरचाह गर्नुपर्ने, श्रीमतीसंग बस्न नसक्ने अवस्थामा भइरहेको बेला नेपाल जाने आइडिया दिमागमा फुर्यो । सबैभन्दा लामो अन्तरवार्ता लिएर रेकर्ड राख्ने आइडिया पनि आयो । उसै पनि अमेरिकामा बस्न मन थिएन, विवाद बढिरहेको थियो । नेपाल गए, चर्चित पनि भए । अब पुनः विवाह गर्न मन लाग्यो । नलागेर भयो त ? 

उनले अमेरिकामा रहेकी श्रीमतीलाई डिभोर्स दबाव दिएको विषयमा धेरै नलेखौं । तपाईहरुले पढिनै सक्नुभएको छ । त्यसलाई पनि उनले आफ्नो हितमा व्याख्या गरे । आफ्नै पूर्व श्रीमतीको चरित्र हत्या गर्ने किसिमको पोष्ट सार्वजनिक गर्न पनि छोडेनन् । खैर यो विषय पुरानो भइसक्यो । 

तर देशमा राजनीति गर्ने, त्यसमाथी पनि प्रधानमन्त्री कै दाबेदारको यि विगतहरु मतदाताले हेर्नु पर्छ कि पर्दैन ? पर्दैन होला, किनभने नेपालमा जे गर्न पनि छुट छ, भावनामा बगेर चुनाव पड्काउने धेरै छन् देशमा । तर आफ्नाबारे आफ्नै कार्यक्रम मार्फत र फेसबुकमाफर्त प्रतिरक्षा गरेर आफ्नो पक्षमा माहौल बनाउन रवि निकै सिपालु छन् । उनको यही सिपले धेरै कानूनी फण्डाबाट जोगिइरहेका छन् ।

सालिकरामको केस विर्षनुभयो ? होस यो विषयमा यहाँ चर्चा गरेर फेरी उनको परिवारलाई मर्माहत नपारौं । तर रविको ठाउँ अरु साधारण नेपाली थिए भने चुनावमा होईन, यतिबेला जेलमा हुन्थे । यसमा पनि उनले आफ्नो मिडियाको दुरुपयोग गरेर आफ्नो पक्षमा माहौल बनाउन सफल भएका थिए । 

अब अलिकति राजनीतिको कुरा गरौं । स्वतन्त्र पार्टी भनेपछि एजेण्डाले जित्ने हो । बालेनको चुनावी तरिका विर्षनुभएको भए यहाँ सम्झाउँछु । उनले सामान्य रुपमा अरु राजनीतिक दलहरुले यि गल्ती गरे हामीले यसबाट पाठ सिक्ने हो भनेर चुनावमा गए । यहाँ व्यक्तिको कुरा गरेको होईन । अरु पार्टीका नेताहरुलाई गाली नगरे पनि चुनाव जितिदो रहेछ भनेर देखाएको ।

रविको चुनावी कार्यक्रममा ९० प्रतिशत समय देशमा नेताहरुलाई सत्तोसराप गरेर विताउँछन् । बाँकी १० प्रतिशत भावनाको व्यापार गर्छन । एजेण्डा के, भिजन के? त्यो विषयमा धेरै बोल्दैनन् । बोल्नको लागि त आफैंलाई थाहा पनि हुनुपरो नि होईन र? देशले खोजेको स्वतन्त्र यही हो? 

उनले यहाँ पनि माहौलको व्यापार गरे । देशमा एक किसिमको स्वतन्त्रहरुको लहर आएको बेला त्यही नामको पार्टी खोले । राजनीति समुद्र हो । खोलामा पौडी खेलेको हुँ भनेर समुद्रमा हामफाल्नुभयो भने के हुन्छ ? त्यो तपाईलाई होई रवि लामिछानेलाई सोधेको । 

अहिले पनि उनको विवाद विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता ब्युँताउने कानुनी पुरा नगरेको सम्बन्धमा हो तर यसलाई उनले आफूले अमेरिकी नागरिकता त्यागेर ठूलो पूण्य गरिसकेकोले अब यस्ता सानातिना काम गर्न नपर्नेजस्तो गरि ब्याख्या गरिरहेका छन् । के नेपालमा रवि लामिछानेले चाँही कानूनको पालना गर्नु नपर्ने ? उनी कानून भन्दा माथी पुगिसकेका हुन् ? जवाफ लेख्न तल कमेन्ट बक्स खुल्ला छ ।  

Post a Comment

0 Comments