मेरिल्याण्डमा भएको सडक दुर्घटनामा एक नेपालीको निधन

फाइल फोटो 

बाल्टिमोर । अमेरिकाको मेरिल्याण्डमा शनिबार भएको एक दुखद दुर्घटनामा एक नेपालीको निधन भएको छ । हवार्ड काउन्टीको स्टोडन रिभर पाकवेयमा भएको दुर्घटनामा अन्दाजी ६१ वर्षीय राम लुईटेलको निधन भएको हर्वार्ड काउण्टी प्रहरी विभागले जनाएको छ । लुईटेलको विषयमा विस्तृत विवरण आउन बाँकी छ । प्राप्त जानकारी अनुसार स्थानीय एक रेष्टुरेन्टको काम सकेर फर्कने क्रममा लुईटेल सवार गाडी अनियन्त्रित भएर रुखमा ठोक्कीन पुगेको थियो । 



दुर्घटनाको कारण स्नोडेन पाकवेय करिब दुई घण्टा बन्द गरिएको थियो । प्रहरीको अनुसार गाडीको पछाडीको सिटमा यात्रारत लुईटेलको घटनास्थलमै निधन भएको हो । गाडीमा सवार अन्य ७ जना नेपालीको उपचारको लागि स्थानीय अस्पतालमा लगिएको थियो । दुर्घटनामा  सातैजना  सामान्य घाईते भएको बताईएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments