डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रधान न्यायाधीश जोन रोबर्ट्सले उनलाई अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा सपथ ग्रहण गराएका हुन्।
राष्टपतिको सपथसंगै ट्रम्पले अमेरिकामा आप्रवासन नीतिमा कडाइ गर्ने घोषणा गरेका छन् ।
उनले ह्वाइट हाउसमा दोस्रो कार्यकाल औपचारिक रूपमा सुरु गर्ने वित्तिकै १ सय भन्दा धेरै कार्यकारी आदेशहरुमा हस्ताक्षर पनि गरेका छन् ।
यो संगै उनले गैरकानूनी रूपमा बसोबास गर्ने मानिसहरूका सन्तानहरूलाई जन्मसिद्ध नागरिकतालाई मान्यता दिन बन्द गर्ने पनि घोषणा गरेका छन् । उनको जन्मसिद्ध नागरिकता सम्बन्धी कार्यकारी आदेशले संघीय निकायलाई जन्मसिद्ध नागरिकताको विषयमा कडाई गर्ने निर्देशन दिएको भनिएको छ ।
उनले शपथ ग्रहणपछि एक समारोहलाई सम्बोधन गर्दै अमेरिका नयाँ युगमा प्रवेश गरेको बताए ।
0 Comments
तपाईको विचारको लागि धन्यवाद । हामी तपाईको विचारमाथी आवश्यक अध्ययन गर्ने छौं ।