बाल्टिमोर । अमेरिकाको उत्तरी राज्य अलास्कामा स्थानीय समय अनुसार बुधबार राती शक्तिशाली भुकम्प गएको छ । यहाँको भुगर्भ विभागले दिएको जानकारी अनुसार ८ दशमलव २ रेक्टरस्केलको भुकम्प गएको हो ।
अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षति भएको छैन तर सुनामीको चेतावनी भने दिईएको थियो तर पछि यसलाई खतरामुक्त रहेको भन्दै रद्ध गरियो ।
भुकम्पपछि दुई ठूला पराकम्पन पनि गएको छ । ६ दशमलव २ र ५ दशमलव ६ रेक्टरको पराकम्पन गएको विभागले जानकारी दिएको छ । अमेरिकामा सन् १९६४ पछिको सबैभन्दा ठूलो भुकम्प गएको हो ।
0 Comments
तपाईको विचारको लागि धन्यवाद । हामी तपाईको विचारमाथी आवश्यक अध्ययन गर्ने छौं ।