डोनाल्ड ट्रम्पले घोषणा गरे २०२४ को लागि आफ्नो उमेदवारी, जितेर फेरी सत्ता सम्हाल्ने उद्घोष

                                                            Image: Foxnews.com

बाल्टिमोर । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको तर्फबाट २०२४ मा राष्ट्रपतिको लागि फेरी आफैं उठ्ने घोषणा गरेका छन् । मंगलबार साँझ उनले आफ्नो गृहनगरमा एक कार्यक्रम गरि आफै उमेदवार हुने बताएका हुन् । ट्रम्प २०२० मा हालका राष्टपति जो वाईडेनसंग हारेका थिए । उनले तेस्रो पटक राष्ट्रपतिको लागि उमेदवारी घोषणा गरेका हुन् । 

उनले २०२४ मा जितेर २०१६ जस्तै रिपब्लिकनको लहर ल्याउने बताएका छन् । २०१६ मा उनले डेमोक्र्याटीक पार्टीकी उमेदवार हिलारी क्लिन्टनलाई हराएका थिए । मंगलबार पनि उस्तै उत्तेजक भाषण गर्दै ट्रम्पले डेमोक्राटिकहरुले अमेरिकको सान गिराएको आरोप लगाएर । आफ्नो देश तेल उत्पादकबाट माग्ने बनाएको, युक्रेनमा युद्ध मच्चाएको लगायतका आरोप उनले अहिलेका राष्ट्रपतिलाई लगाएका थिए ।


Post a Comment

0 Comments