नेपाली दुतावास: ह्युस्टनमा लुटियो, डिसीमा नांगियो !



टेक्सास । पासपोर्ट र एनआरएन कार्ड निकै संवेदनशिल काजगपत्र हो । अंग्रेजीमा पीआइआइ भनिने व्यक्तिगत पहिचान खुल्ने जानकारी संकलन, स्टोर तथा ढुवानीको लागि अमेरिकी सरकारको निकै कडा नियम छ ।

उदाहरणको लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीको कार्यविधी यहाँबाट पढ्न सक्नुहुन्छ । यस्तै जानकारी संकलन र कन्सुलर सेवाको लागि अमेरिकामा रहेको नेपाल सरकारको आधिकारीक निकाय नेपाली दुतावासको कर्मचारीहरु अघिल्लो हप्ता(१५ देखि २० डिसेम्बर) टेक्सासको ह्युस्टन, अस्टिन र डालास शहरको विभिन्न स्थानमा गए । पासपोर्ट नविकरण र एनआरएन कार्ड सहित करिब एक हजार जनाको फाइल र २ लाख डलर बढी पैसा संकलन पनि गरे ।

काम सकेर होटलमा (खान) गएका बेला उनीहरुको झोला लुटियो । झोलामा आवेदकको शुल्क तिरेको मनी अर्डर र क्यासियर चेक मात्रै रहेको भनिएको छ । नेपाली करिब ३ करोड बराबरको उक्त डकुमेन्टहरु चोरी भएको छ । चोरीको विषयमा प्रहरीमा उजुरी परेको छ । चोर फेला परेको छैन ।  



दुतावासले आवेदकको व्यक्तिगत विवरण भने सुरक्षित रहेको बताएको छ । तर आवेदकको व्यक्तिगत पहिचान खुल्ने जानकारी सोही गाडीमा थियो कि थिएन वा कागजी रुपमा संकलन गरिएको थियो कि थिएन भन्ने खुलाएको छैन । यदि थियो र यसरी गाडीमा उचित मापदण्ड बिना छोडिएको थियो भने कसैले अदालतको ढोका ढकढक्याए नेपाली दुतावासले अमेरिकाको कानूनी कारबाही भोग्नुपर्ने हुनसक्छ । किनभने अमेरिकी कानूनले व्यक्तिगत सुचनाको चुहावट नगद चोरी भन्दा हानिकारक हुने व्याख्या गरेको छ । कसैले यसरी संवेदनशिल जानकारीको साथ गाडिमा यात्रारत छ भने त्यसले विषेश सावधानी अपनाउनुपर्ने हुन्छ । अमेरिकाको सबैजसो सरकारी कार्यलयमा यस्तो संवेदनशिल विषय संकलन तथा ढुवानीको आ आफ्नै नियम छ । 

यता नेपाली दुतावासले भने लाबरवाहीपूर्ण रुपमा हजारौंको नेपालीको संवेदनशिल जानकारी र पैसाको ओसारपसार गर्ने गरेको यो घटनाले देखाएको छ । २१ औं सताब्दीको अहिलेको प्रविधिको युगमा पनि मनी अर्डर र चेकमा भर पर्नु, संवेदनशिल जानकारीको ढुवानीमा लाबरबाही गर्नु दुतावासको ठूलो कमजोरी देखिएको छ । कल्पना गरौं यदि यस्तै घटना अमेरिकी सरकारी निकायबाट भएको भए के हुन्थ्यो होला ? अमेरिकामा बसेर नेपालको २० औं सताब्दीको व्यवस्थामा चल्ने दुतावासले कहिले सिक्ला ? यस्ता प्रश्नहरु उब्जिएको छ । अहिलेको लागि भने दुतावासले यस घटनामा दुख व्यक्त गर्दै सहयोगको अपिल गरेको छ । आसा गरौं दुतावासले यो घटनाबाट पाठ सिक्ने छ ।  

अब एउटा रमाइलो कुरो गरम । उक्त रकम डिसेम्बर २३ का दिन मध्य दिउँसो १२ बजेर ३ मिनेट जाँदा पार्किङमा राखिएको गाडीबाट लुटिएको दूतावासले जनाएको छ । गाडीमा एउटा मोबाइल छुटे फर्किएर लिन गइन्छ २ लाख १८ हजार डलरको सामान कस्ले छोड्छ भन्ने सोच्नुभएको छ भने उत्तर पनि मै दिन्छु । नेपाली दुतावासका कर्मचारीले त्यही सिकेका रहेछन् वासिंटन डिसीमा । ह्युस्टन जस्तो शहर (जो क्राइमको लागि पहिलेदेखिनै चर्चित छ) मा गाडीमा वेवारिसे रुपमा सामान छोड्ने कर्मचारीलाई के भन्ने ? भेट भयो भने 'सर नमस्कार!' भन्ने त होला नि । नेपालमा नमस्कार गरेरै जागिर खान डिसी आइपुगेका होलान् !  

Post a Comment

0 Comments