अमेरिकाको सबै आन्तरिक उडान अवरुद्ध


 उडान नियन्त्रण प्रणालीमा समस्या देखिएपछि अमेरिकाको सबै आन्तरिक उडान अवरुद्ध भएको छ ।  संघीय उड्डयन प्राधिकरण (एफएए)को कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान रोकिएको बताईएको छ । 

आज विहानै अमेरिकी राष्टपति जो बाइडेनले आपतकालिन बैठक आव्हान गरेका थिए । उनले समस्याको जाँच गर्न निर्देशन दिएका छन् ।  कम्प्यूटरमा देखिएको खराबी साइबर आक्रमणसंग सम्बन्धीत नरहेको एफएएका अधिकारीहरुले बताएका छन् । खराब देखिएको प्रणालीले हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा चालकलाई सावधानी गराउँने गर्दछ । उडानमा अवरोध आएपनि पहिल्यै आकाशमा रहेका विमानहरुलाई भने सुरक्षित रुपमा अवतरण गराईदै आएको छ । विहान ९ बजेसम्ममा समस्या समाधान हुने प्राधिकरणको विश्वास छ ।   

Post a Comment

0 Comments