जब जेफ बेजोस अन्तरिक्षमा गएर फर्किए...

संसारकै धनी व्यक्ति अमेरिकी व्यवसायी जेफ बेजोस मंगलबार विहान ११ मिनेटको लागि अन्तरिक्ष यात्राको लागि निस्किए । उनी आफ्नै कम्पनी ब्लू ओरिजिन नामक कम्पनीले निर्माण गरेको रकेट र क्याप्सुल मार्फत अन्तरिक्षमा पुगेर फर्किएका थिए । उनको साथमा उनका भाइ मार्क, ८२ वर्षिय पाईलट र एक महिला पनि थिईन भने एक भर्खरै उच्च शिक्षा सकेका विद्यार्थीलाई पनि बेजोसले लिएर गएका थिए । 

उनको मंगलबारको यात्राले अन्तरिक्षमा यात्रा गएर सबैभन्दा बृद्ध व्यक्ति र जवान व्यक्तिको रेकर्ड राखेको छ । उनको मंगलबारकै या
त्राले पर्यटक बोक्ने रकेटको रुपमा अन्तरिक्षमा पहिलो पटक जाने मिसनको नाम समेत उनकै कम्पनी ब्लु ओरिजिनले लेखाउन सफल भएको छ ।

चार यात्रीको साथ टेक्सासको एक पश्चिमी ईलाकाबाट मंगलबार विहान ८ बजे उनको रकेट अन्तरिक्षको लागि प्रस्थान गरेको थियो । ३ लाख ५१ हजार २ सय १० फिट माथी पुगेर करिब ३ मिनेट अन्तरिक्ष यात्रीहरु तौल विहीन भएका थिए ।  


Post a Comment

0 Comments