टिपिएस सुविधा १८ महिनाको लागि थपियो, हजारौं नेपाली लाभान्वित हुने


फाइल फोटो

बाल्टिमोर | अमेरिकाको डिपाटमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले एल साल्भाडोर, होन्डुरस, हैटी, निकारागुवा, नेपाल र सुडानको टिपिएस अवधी जुन ३०, २०२४ सम्मको लागि थप गर्ने भएको छ । डिपार्टमेन्टले अर्को १८ महिनाको लागि स्वतः नविकरण हुने गरी टिपिएसको अवधी थप पर्ने निर्णय गरेको नेपालको तर्फबाट टिपिएसको लागि वकालत गर्दै आएको संस्था अधिकारले जानकारी दिएको छ ।  अधिकार लगायतका अन्य देशका संस्थाहरुको एलायन्स र वकीलहरुको विशेष पहलको कारण यो राहत मिलेको अधिकारले जानकारी दिएको छ । 'तर हाम्रो टिपिएस को लडाईं जारी नै छ। आज केहि बेर खुशी मनाऔं, तर स्थायी समाधान नभए सम्म हामी सबै यस अभियानमा लागि नै रहौं' अधिकारले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ । 


स्वतः नविकरण भएको कारण टिपिएसको लागि पुनः आवेदन दिन पर्दैन र टिपिएस बाहकले तत्कालको लागि कुनै पनि प्रक्रिया अगाडि बढाउनु नपर्ने अधिकारले जानकारी दिएको छ । यसको विषयमा डिपार्टमेन्टले १६ तारिकमा विज्ञप्ती जारी गर्ने अपेक्षा गरिएको छ । नोभेम्बर १६ तारिख प्रकाशित हुने भनिएको “फेडेरल रजिस्टर नोटिस” कै आधारमा हालको टिपिएसको स्ट्याटस र काम गर्ने अनुमति पत्र (वर्क पर्मिट) को मान्यता कायम रहनेछ बताईएको छ । टिपिएसको लागि अन्य प्रक्रियाको लागि भन्दै कसैले रकम माग्ने वा ठगिने संभावना हुने भन्दै तत्कालको लागि कुनै पनि प्रक्रिया अगाडि बढाउनु नपर्ने भएकोले टिपिएसकै लागि भनेर ठगिनबाट बच्न विज्ञहरुले आग्रह गरेका छन् । नेपालसहितका यि देशका टिपिएस अवधी डिसेम्बर ३१, २०२२ मा सकिँदै थियो ।   

Post a Comment

0 Comments