आइफोनमा यस्तो सूचना आए तुरुन्तै प्रहरीमा फोन गर्न आव्हान

 हराएको सामान भेट्याउन एप्पलले बनाएको एयरट्याकको प्रयोग अपराधमा 

बाल्टिमोर । एप्पल कम्पनीले हराएको साना साना सामान भेट्टाउन बनाएको 'एयरट्याग'ले अपराध बढाएपछि अमेरिकाको केही शहरका प्रहरी हैरानमा परेका छन् । 

न्यूयोर्क, कोलोराडो, फ्लोरिडालगायतका क्षेत्रमा एयरट्यागको प्रयोग गरेर सवारी साधन चोरी गर्ने तथा लुटपाट गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले आइफोनमा यस्ता एयरट्यागको विषयमा 'एप्पल अलर्ट' आएमा तुरुन्तै प्रहरीमा फोन गर्न आग्रह गरेको छ । 

यदी तपाईले सवारी चलाउँदा एप्पल फोनमा कुनै अपरिचित एयरट्याग अलर्ट आयो भने तपाईको सवारी साधनमा कोही कसैले एयरट्यागको माध्ययमबाट पछ्याईरहेको सम्भावना हुनसक्ने प्रहरीले जनाएको छ । एयरट्यागको लोकेशन फोनको मालिकले हेर्न सक्छन्  र उनीहरुले त्यसैमार्फत तपाईको कारको लोकेशन पत्ता लगाउन सक्छन् । तपाईको फोनमा एयरट्यागबारे अलर्ट आएमा तपाई सम्भावित खतरामा रहेको बुझ्नुपर्ने भन्दै यस्तो विषयलाई नजरअन्दाज नगर्न प्रहरीले आग्रह गरेको छ । यसको प्रयोग गरेर कसैले कारज्याक गर्नसक्ने वा पछ्याउनसक्ने खतरा हुने पैहरीले चेतावनी दिएको छ ।  

अहिले एयरट्याग लुकाएर पिछा गर्ने खतरा देशब्यापी रुपमा नै रहेको प्रहरीले जनाएको छ । प्रहरीले जर्जिया, आइदायो, मिसिगन टेक्सासमा पनि यस्तो घटना भएको भेटाएको थियो ।  हालै मात्रै न्यूयोर्कको बेस्ट सेनेकामा दुईवटा यस्तो घटना भएको भेट्याएको थियो ।  वेस्ट सेनेका प्रहरीले एप्पल एयरट्यागहरू मालिकको सहमति बिना कारहरूमा गोप्य रूपमा राखिएको दुईवटा उजुरीहरू प्राप्त भएको बताएको छ। 

चोरले ट्र्याकिङ गर्ने उद्देश्यका लागि यस्तो गरेको भन्दै वेस्ट सेनेका प्रहरीले आफ्नो फेसबुक पेजमा अलर्ट पोस्ट गरेको छ । यस्ता जिपिएस उपकरणहरु अरु पनि भएपनि एयरट्याग सहज हुने कारण यसको प्रयोग बढेको प्रहरीले बताएको छ । 'तिनीहरूलाई कुनै पनि ठाउँमा राख्न सक्छन्, र तिनीहरू यति सानो छन् कि तिनीहरू पत्ता लगाउन अत्यन्तै गाह्रो हुन्छन्' प्रहरीले बतायो ।

 गोप्य रूपमा कसैलाई उनीहरूको सहमति बिना ट्र्याक गर्नु कानून विरुद्ध हो। विशेष गरी न्यूयोर्कमा कार ज्याक कानूनको रूपमा यसलाई ब्याख्या गरेको छ । अमेरिका बाहेक  चोरहरूले विशेष गरी टोरन्टो, क्यानाडामा पनि यस्तै गरेको समाचार आएको थियो ।  

Post a Comment

0 Comments