९ करोड अमेरिकीले लगाएनन् कोरोना विरुद्धको खोप, डाक्टर भन्छन् -'अरु खतरनाक अवस्था आउन सक्छ'



बाल्टिमोर । अमेरिकामा तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसको डेल्टा भेरियन्टको कारण फेरी एक पटक चिन्ता पैदा भएको छ । विज्ञहरु विशेष गरेर कोरोना भाइरस विरुद्धको खोप नलगाउनेहरुको लागि पहिला भन्दा अझै गम्भीर अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।


 एक तथ्यांक अनुसार अमेरिकामा अझै ९ करोड १० लाख भन्दा धेरै अमेरिकीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छैनन् । कोरोना भाइरसको नयाँ स्वरुपको डेल्टा नामक भेरियन्ट अहिले अमेरिकाको धेरैजसो राज्यमा तिब्र रुपमा फैलिईरहेको छ ।

 ‘हामी एक महिना अगाडिको महामारीभन्दा निकै फरक किसिमको महामारीमा छौं’ डा. लिना व्रिटनीले यहाँको स्थानीय समाचार माध्ययम सिएनएनलाई भनिन् ‘हामी अब फेरी एक पटक सुरुको जस्तै अवस्थामा फर्किन सक्छौं’ कोरोनाको नयाँ प्रजातीको कारण यहाँको पश्चिमी राज्य क्यालिफोर्नियामा रहेको लस एन्जलसले फेरी मास्क लगाउनुपर्ने अनिवार्य गराएको छ । 


कोरोना भाइरसको विरुद्धको खोपले भने यो नयाँ प्रजातिको भाइरसमाथि पनि प्रभावकारी रुपमा काम गरेको पाईएकोले खोप नलगाएकाहरुलाई खोप लगाउन विज्ञहरुले आग्रह गरेका छन् ।

Post a Comment

0 Comments