जीवनजल नपाएर जनता मर्दै, करोडपति खनालको उपचार गर्न सरकारको गैरकानूनी सहयोग

प्रदेशी प्रतिनिधी,काठमाडौं 


    जीवनजल र सिटामोल नपाएर जनता मरिरहेको देशमा सरकारले भने करोडपति नेताको उपचारको लागि लाखौं रुपैया गैर कानूनी रुपमा निकासा गरेको छ । पूर्व प्रधानमन्त्री तथा एमाले माधव-गुटका नेता झलनाथ खनाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा पु¥याएको गुन गैर कानूनी रुपमा रकम निकासाको साक्षी बसेर तिरेका हुन् । 

    स्रोतका अनुसार खनालको उपचारको लागि कानून विपरित ३० लाख रुपैयाँ निकासा भएको छ । दुबै मृगौलामा समस्या देखिएको भन्दै खनालको भारतमा रहेको महंगो एपोलो अस्पतालमा उपचार भईरहेको छ । जानकारहरुको अनुसार उनको मृगौलाले काम नगर्ने भएको छ र प्रत्यारोपणको आवश्यकता छ । 

अर्थ मन्त्रालय स्रोतको अनुसार यो रकम निकासाको निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको हो । ओलीले खनालको उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने निर्णय गरेका थिए । नेपाली दुतावास दिल्लीको माग अनुसार अर्थमन्त्रालयले सो रकम निकासा गरेको हो । 

जानकारहरुको अनुसार केपी ओली खनालको उपचारको लागि गैरकानूनी रुपमा सहयोग गर्ने निर्णय गराएका थिए । उक्त निर्णयलाई प्रधानमन्त्री देउवाले समेत विरोध नगरेपछि उनको मौन समर्थन यसमा देखिएको हो । नेपालमा जनस्वास्थ्य ऐनको दफा ३० अनुसार विदेशमा उपचार गर्न सरकारले सहयोग गर्न नमिल्ने उल्लेख गरिएको छ । 

जनतालाई छैन देशको ऐन, विदेशमा नेतालाई चैन 

केही समय अगाडि कमेडियन आदर्श मिश्रले देशमा राम्रो डायलासिसको उपचार नपाउँदा आफ्नो पितालाई गुमाउनुपर्यो । मृगौलाको समस्या देखिएको उनको पितालाई देशकै एक सरकारी अस्पतालमा राम्रो डायलासिस हुन नसक्दा बचाउन नसकिएको उनको भनाई थियो । नेपालमा सरकारले मृगौलाको विरामीलाई उपचारमा सहयोग गर्ने बताए पनि त्यो प्रभावकारी नभएको विरामीका आफन्तहरुले बताउँदै आएका छन् । 

नेपालमै हुने उपचारलाई किन जानुपर्यो विदेश ?

सरकारी तथ्यांक अनुसार नेपालमा मृगौलाको उपचार मात्रै होईन प्रत्यारोपण सुरु भएको पनि १० वर्ष नाघिसकेको छ । अहिलेसम्म एक हजार भन्दा बढी व्यक्तिको मृगौला प्रत्यारोपण समेत नेपालमै भइसकेको छ । जनशक्ति र साधन श्रोतका हिसाबले मृगौला प्रत्यारोपणमा नेपाल सक्षम भइसकेको छ ।  तथ्यांक अनुसार सरकारी स्वामित्वको शिक्षण अस्पताल, शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र तथा वीर अस्पतालमा मृगौलाको सफल प्रत्यारोपण गरिन्छ । सरकारले मृगौला प्रत्यारोपण निशुल्क गरेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही समय अगाडि नेपालमै मृगौलाको प्रत्यारोपण गराएका थिए । 

श्रीमतीलाई सम्पत्ति, श्रीमानलाई सरकार 

नेपालमा नेतालाई रुघाखोकी लागेपनि विदेश जाने प्रचलन नयाँ होईन । जबकी नेपालमै प्रतिष्प्रर्धामा एकसेएक अस्पताल खुलेका छनु तर पनि सरकारको खर्चमा उपचारको नाममा विदेश सयर गर्ने प्रचलन भने पुरानै हो । आउनुहोस अब कुरा गरौं सरकारको सुविधा लुट्ने झलनाथ खनालको सम्पत्तिको । तपाईलाई थाहै छ आजभन्दा १० वर्ष अगाडि खनाल प्रधानमन्त्री भएका थिए । नेपालमा प्रधानमन्त्री भएपछि झारा टार्ने किसिमको सम्पत्ति विवरण बुझाउने प्रचलन रहेको छ । उनै खनालले आजभन्दा १० वर्ष अगाडि सरकारलाई बुझाएको सम्पत्ति विवरणमा उनको सबै सम्पत्ति श्रीमतीको नाममा रहेको बताएका थिए । उनको धेरैजसो चल अचल सम्पत्ति श्रीमती रविलक्ष्मी चित्रकारका नाममा रहेको देखिन्छ । चित्रकारका नाममा कामनपा९१५ डल्लुआवास क्षेत्रमा ९ सय ४४ वर्गफिटमा बनेको एक पक्की घर, इलामको साँखेजुङ९७ मा अंशबाट करित्र ४३ रोपनी जमिन छ भने कामनपामा९३२ मा ८ आना जग्गा पनि उनको श्रीमतीको नाामा छ ।  उनले १० तोला सुन देखाएका छन् । उनले श्रीमतीको नाममा फुङसेङ चिया बगान खरिद गरेका थिए भने युनिफाइड हाइड्रो पावर र सिक्लेस हाइड्रो पावरमा पनि श्रीमतीको नाममै लगानी गरेका छन् ।  

७२ करोडको सर्प पालन, लाखको लागि सरकारसंग भिख

तपाईलाई थाहै होला नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भन्दै संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग ७२ करोड रुपैयाँको परियोजना हात पारेको थियो । उनको यो सर्प कथा कमै नेपालीलाई मात्रै थाहा नहोला । सर्प त कति पाले खनालले थाहा भएन तर उनको प्रतिष्धानले सरकारी निकायबाट ७२ करोड भने कुम्ल्याईसकेको छ ।   


Post a Comment

0 Comments