आफ्नै सिस्टमप्रति विश्वास छैन बैंकलाई, ह्याकको हल्ला फैलाउनेसंग थुरथुर


नेपालमा रहेका विभिन्न १५ वटा वाणिज्य बैंकहरुको सिस्टम ह्याक गर्ने हल्लापछि यतिखेर बैंकिङ्ग क्षेत्रमा भुकम्प गएको छ । बैंकहरुलाई ह्याक गरी पैसा चोर्ने धम्की भाईरल भएपछि सर्वसाधारणहरु त बैंकिङ कारोबार डराइरहेका छन् तर यो भन्दा बढी वाणिज्य बैकहरु त्रसित भईरहेका छन । 

हुन त बैंकहरुलाई आफ्नो सिस्टम कस्तो छ र ह्याक गर्न मिल्ने नमिल्ने विषयमा विश्वास हुनुपर्ने हो तर नेपालमा सबै तेस्रो पक्षको सर्वर प्रयोग गरेका बैंकहरुलाई पनि उनीहरुलाई प्रणाली प्रति विश्वास नहुँदा सबैभन्दा धेरै डर बैंकरमाथी देखिएको हो । यस अगाडि नै चिनीया नागरिकले उनीहरुको एटिएम ह्याक गरेर पैसा उडाएका थिए भने बेला बेला ह्याकको कारण समस्या पैदा भइरहेको छ । 

बुधबार बेलुकी एक्कासी नेपाल राष्ट्र बैंक सहित नेपालका १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने धम्की सहितको इमेल र फोन मार्फत चेतावनी आएपछि राष्ट्र बैंक पनि यो विषयमा चनाखो भएको छ । नहुनु पनि किन राष्ट्र बैंकको सिस्टम पनि कहाँको गतिलो छ र 

राष्ट्र बैंकका सहप्रवक्ता देवकुमार ढकालले कुनै पनि बैंकको डेटा यति सजिलै ह्याक हुन नसक्ने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । ढुक्क नहुनुपर्ने कारण पनि यसमा छैनन् किन भने ह्याकर र चोर एउटै हुन् । चोरले कहिले पनि म चोर्दै छु है भनेर चोरी गर्दैैनन् । फेरी तपाई भन्नुहोला माओवादीको पालामा त गर्थे भनेर तर अहिले माओवादी पातालमा पुगिसकेको छ । साच्चिकै ह्याक गर्नेले पहिला सुचना दिँदैनन् किनभने उनीहरुलाई डर हुन्छ सिस्टम परिवर्तन होला भन्ने । यो केवल मिथ्या हल्ला मात्रै हुनुपर्छ तर पनि आफ्नो ढोकामा ताल्चा गलितो छैन भने त चनाखो हुनुनै पर्यो नि होईन त ? 

  ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक सहित एनआइसी एसिया बैंक, बैंक अफ काठमाडौं, सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल एसबीआइ बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, र हिमालय बैंकको नाम उल्लेख छ । उक्त पत्र भाइबर मार्फत भाइरल भएको थियो । 


Post a Comment

0 Comments