घर छेउमा बसेको निहुँमा गुल्मीमा दलित दम्पतीमाथि निर्घात कुटपिट, प्रसाशनले उजुरी समेत लिएन

 
गुल्मीको मुसिकोट नगरपालिका ९ का ६० बर्षीय तेज बहादुर दमाई र उनकी श्रीमती चित्रकला दमाईलाई स्थानीय एक दम्पत्तिले निर्घात कुटपिट गरेको समाचार सार्वजनिक भएको छ । 

बजारबाट घर फर्कँदै गर्दा थकाइ मार्न सार्वजनिक बाटोको छेउमा बसिरहेका बेला मुसिकोट ७ का २६ वर्षीय डिलाराम सापकोटा र उनकी  श्रीमती विनि


ता सापकोटाले डुम सानो जात मेरो घर अगाडि किन बसिस्ु भन्दै कुटपिट गरेको पिडित दम्पतीले बताए ।  

घटना बारे स्थानीय प्रहरी चौकिलाई बताउँदा कुनै पहल नगरेपछि घटनाको चार दिनपछि सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मी  तम्घासमा जाहेरी  दिएपनि दर्ता नगरेको पिडितले बताएका छन् ।  
पिडितको जाहेरी तत्काल दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध स्थानीय मानव अधिकारकर्मीहरुले आग्रह गरेका छन् । 

Post a Comment

0 Comments