काँग्रेस संस्थागत रुपमै यसरी एनआरएनमा आफ्नालाई भोट माग्दै !

बाल्टिमोर 




गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औँ साधारणसभा आउन अझै केही महिना बाँकी छ । साधारणसभा दलगत गुटको उमेदवारहरु हुन्छन् भन्ने त अनौपचारीक रुपमा 'ओपन सेक्रेट' नै थियो तर यो पटक नेपाली काग्रेसले भने नाङ्गै नाचेर एनआएनका आफ्ना उमेदवारलाई भोट मागेको छ । 

सार्वजनिक भएको एक पत्र अनुसार नेपाली काग्रेस पार्टीकै लेटरप्याण्ड भएको कारण काग्रेस संस्थागत रुपमै एनआएनको निर्वाचनमा आफ्ना उमेदवार जिताउन लागि परेको पुष्टी हुन्छ । सामान्यतया एनआरएनमा लाग्नेहरुले कुनै दलगत विशेष नभई एनआरएनको हितमा काम गर्ने भनेर प्रचार गर्ने गर्दछन् । व्यक्तिगत रुपमा कुनै राजनीतिक पार्टीमा आस्था भएपनि पार्टीको केन्द्रीय कमिटीबाटै यसरी परिपत्र आएको भने पहिलो पटक हो । 

त्यो भन्दा पनि पत्रको अन्त्यमा उनले लेखेका छन् ‘एनआएनको महाधिवेशनको सम्बन्धमा पार्टीले विशेष महत्व दिई आवश्यक समन्वय गरिरहेको छ ।'

नेपाली काग्रेस केन्द्रीय कार्यालयको लेटरप्याडमा विदेशस्थित सबै जनसम्पर्क समितिहरुका संयोजकको नाममा पत्र लेख्दै महामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रवादी समुहलाई जिताउन आग्रह गरेका छन् । त्यो भन्दा पनि पत्रको अन्त्यमा उनले लेखेका छन् ‘एनआएनको महाधिवेशनको सम्बन्धमा पार्टीले विशेष महत्व दिई आवश्यक समन्वय गरिरहेको छ ।' 

एनआरएनका जानकारहरु भने यसरी एनआरएनमा सिधै राजनीतिक हस्तक्षेप हुनुलाई सहज मान्दैनन् ।   


Post a Comment

0 Comments