धरान उप महानगरको कार्यपालिका बैठकमै हर्क साम्पाङ र सदस्यबीच बाझाबाझ


परदेशी समाचारदाता । धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९ ८०को बजेटको विषयमा धरानका मेयर हर्क साम्पांग र वडा सदस्यहरुबीच बाझाबाझ भएको छ । हिजो सम्पन्न बैठकमा बजेटको विषयलाई लिएर भनाभन भएको हो । बैठकमा बाझाबाझ भएपनि बजेट भने पारित भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

धरानले असार १० गते एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । कूल बजेटमध्ये चालूतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ तीन करोड २५ लाखको बजेट विनियोजन भएको छ । 
मेयर राई बजेट पारित गर्न नदिएको भन्दै कार्यपालिका सदस्यसित बैठकको सुरुमै आक्रोशित बनेपछि केही सदस्यहरु उनीविरुद्ध खनिएका थिए । मेयरको आक्रोश पछि धरान उपमहानगरमा एमालेबाट जितेका जनप्रतिनिधिहरु प्रतिवादमा उत्रिएका थिए । मेयरलाई रोकेर वडा नम्बर १२ का वडाध्यक्ष टंकबहादुर राईले बजेट किताब ठोक्दै कसरी पास गर्दो रहेछ बजेट  कड्किएका थिए । एमालेका अन्य कार्यपालिका सदस्यले पनि होहल्ला गरेका थिए ।  
एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले विरोध गरेपछि उपमेयर बेघाले स्वतन्त्रबाट जितेको भन्दैमा दलबाट आएकाहरुले विरोध मात्रै गर्न नहुने भन्दै जनताको भावना समेट्नु आवश्यक रहेको बताए । 

Post a Comment

0 Comments