BREAKING : कोलोराडोमा भएको आगलागीमा दुई नेपालीको घर जल्यो


बाल्टिमोर ।  कोलोराडो राज्यको बोल्डर काउन्टीमा भएको आगलागीमा परी दुई नेपालीको घर जलेको छ । एनआरएन अमेरिकाले दिएको जानकारी अनुसार  डिसेम्बर ३० तारिकमा  नेपालीका दुई घर सहित करिब १००० घरमा आगलागी भएको हो ।  नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्म राज श्रेष्ठ र अर्का नेपाली झलक सोतीको घर आगलागीबाट पुर्ण रुपमा क्षति भएको एनआरएनले जानकारी दिएको छ ।  दुवै नेपाली परिवारका सदस्यहरू भने सुरक्षित रहेको जनाईएको छ । 

गैर आवासीय नेपाली सङ्घले आगलागीको कारणले समस्यामा परे एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर कोलोराडो निवासी राज ढुङ्गाना, कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष कुमार जङ्ग कार्की, कोलोराडो च्याप्टरका सदस्य सुशील दाहाल लगायतलाई सम्पर्क गर्न आग्रह गरेको छ ।  

 बिजुलीका तार आपसमा जोडिदा आगजनी भएको फायर डिपार्टमेन्टको प्रारम्भिक अनुमान छ । आगजनी शुरु हुनसाथ नजिकै रहेका सुपेरियर, मार्सल, लुइसभेल, वेस्ट मिनिस्टर लगायतका बस्तीबाट ३० हजार मानिस अन्यत्र सारिएको छ । मानवीय क्षति भएको बिबरण अहिलेसम्म प्राप्त भएको छैन । तर आगजनीबाट त्यस क्षेत्रका करिब १००० घर केही व्यापारिक कम्प्लेक्स, होटेल र एउटा अस्पतालमा समेत क्षति पुगेको छ । आगो ६२ सय एकडमा फैलिसकेको छ । आगजनीका कारण प्रभावित क्षेत्रबाट नजिकै रहेका वस्तिमा बिजुली र खानेपानी वितरण प्रणाली समेत प्रभावित भएको छ ।


 


Post a Comment

0 Comments