मङ्कीपक्स भाइरसको कारण विश्व स्वास्थ्य संकटकाल घोषणा, यी देशमा देखियो जोखिम

वासिंटन डिसी । मंकीपक्स भाइरसको बढ्दो संक्रमणको कारण विश्व स्वस्थ्य संगठन(डब्लुएचओ)ले विश्व स्वास्थ्य संकटकालको घोषणा गरेको छ । संगठनले विश्वभर उच्च सतर्कता कायम गर्न आग्रह पनि गरेको छ । भाइरस अन्तर्राष्ट्रिय चिन्ताको विषय भएको भन्दै डब्लुएचओले स्वास्थ्य आपतकाल घोषणा गरिएको जनाएको छ । 

डब्ल्यूएचओले भाइरस प्रकोपले विश्वव्यापी स्वास्थ्यको लागि पर्याप्त खतरा पैदा गरेको र भाइरसलाई थप फैलिन र सम्भावित महामारीको रूपमा बढ्नबाट रोक्नको लागि अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेको बताएको छ । 

हालसम्म ७५ देशहरूमा मन्कीपक्सका १६,००० भन्दा बढी विरामी भेटिएका छन् ।  पुष्टि भएका सङ्क्रमणहरूको सङ्ख्या जुनको अन्त्यदेखि जुलाईको सुरुसम्ममा ७७५ ले बढेको छ । यो भाइरसको जोखिम समलिंगी पुरुषहरुमा बढी देखिएको पनि तथ्यांकहरु आएका छन् । पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू अहिले संक्रमणको उच्च जोखिममा रहेका बताईएको छ ।

यो वर्ष अफ्रिकामा भाइरसबाट पाँच जनाको मृत्यु भएको छ । अफ्रिका बाहिर अहिलेसम्म कसैको मृत्यु भएको छैन।यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अधिकांश मानिसहरू दुईदेखि चार हप्तामा यो रोगबाट निको हुन्छन्। भाइरसले शरीरमा तिब्र रुपमा डाबर पैदा गर्दछ । यो दाना, पिम्पल वा छाला डढेको जस्तो देखिने र धेरै पीडादायी हुने चिकित्सकहरुले बताएका छन् । 

हालको  प्रकोप अत्यधिक असामान्य रुपमा देखिएको डब्लुएचओले जनाएको छ । उत्तर अमेरिकी र युरोपेली राष्ट्रहरूमा व्यापक रूपमा यो भाइरस फैलिरहेको छ जहाँ भाइरस सामान्यतया यस अगाडि फेला परेका थिएनन । पश्चिम र मध्य अफ्रिकाको दुर्गम भागहरूमा कम स्तरमा फैलिएको बताईएको छ जहाँ मुसा र अन्य जनावरमा यो भाइरस प्रसस्त हुने गरेका छन् ।  संक्रमण युरोपमा समेत तिब्र रुपमा फैलिइरहेको छ । युरोपमा २०२२ मा पुष्टि भएका संक्रमितहरूको संख्या ८०५ भन्दा बढी रहेको छ । अमेरिकाले ४३ राज्यहरू, वाशिंगटन डीसी र पोर्टो रिकोमा २,००० भन्दा बढी संक्रमित फेला परेको जनाएको छ । 

मे महिनाको सुरुमा यूकेले नाइजेरियाको यात्राबाट फर्केका व्यक्तिमा मन्कीपक्स देखिएको बताएको थियो । त्यसको केही दिनपछि यूकेले स्थानीय रूपमा थप तीन जनामा संक्रमण फेला पारेको थियो ।  

यो प्रकोप कहाँ सुरु भयो भन्ने अस्पष्ट छ। 

Post a Comment

0 Comments