परदेशी फलोअप
काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यको अदालतमा रहेको ९ वटा मुद्दाको विषयमा स्पष्टीकरण दिँदै पूर्व सञ्चारकर्मी तथा राष्टिय स्वतन्त्र पार्टीका स्वघोषित सभापति रवि लामिछानेले आफूले सबै ऋण तिरिसकेको बताएका छन् । परदेशी पोष्टले उनको मुद्दाको विषयमा समाचार लेखेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै ऋण तिर्न बाँकी नरहेको स्पष्ट पारेका हुन । लामिछानेले फेसबुकमा लेखेका छन्, 'अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन। मैले सबै तिरोतारो सकिसकेंको छु। न मेरो ऋण बाकी छ, न मेरो नाममा कुनै सम्पत्ती नै छ । प्रक्रिया त सबैले पूरा गर्नु पर्छ।'
लामिछानेले आफ्नो ब्यवशाय सँग सम्बन्धित क्रेडिटर र भेन्डर सँगको कारोबारको विषय भएको स्वीकार गरेका छन् । उनले आफूले ऋण कसैको पनि ऋण नखाएको बताएका छन् । 'मैले बरु बक्यौता तिर्ने तर सके सम्म कम तिर्ने सोच राखेको चाहिँ हुँ। भागेको, लुकेको, ठगेको केही पनि होइन। भुलेको भए बेग्लै कुरा तर मैले नियतवश ब्यक्तिगत लेनदेन समेत गरि कसैलाई केही तिर्नु पर्ने बाँकी राखेको छैन।' उनले भनेका छन् ।
0 Comments
तपाईको विचारको लागि धन्यवाद । हामी तपाईको विचारमाथी आवश्यक अध्ययन गर्ने छौं ।