बरिष्ठ गायक प्रेम राजा महतमाथी गायिका रेखाको संगिन अरोप


गित चोरी गरेकोदेखि, धोका दिएकोसम्म 

परदेशी संवाददाता

काठमाडौं । गायीका रेखा शाहले अर्का चर्चित लोक गायक तथा संगीतकार प्रेम राजा महतमाथी आफ्नो गीत चोरी गरेको संगिन आरोप लगाएकी छिन् । अमेरिकाको बाल्टीमोरमा बसेर व्यवसाय गर्दै आएका महत माथी गायिका शाहले आफ्नो चर्चित सीमसिमे पानीमा बोलको गित धोकादिएर महतले आफ्नो नाममा बनाएको आरोप लगाएकी हुन् ।


साहले आफू अमेरिकामा जाँदा महतले बाल्टिमोर जान नदिने संडयन्त्र गरेको आरोप समेत लगाएकी छिन् । सञ्चारकर्मी प्रकाश सुवेदीको एक टेलिभिजन अन्तरवार्तामा साहले प्रेम राजा महतले धोखा दिएर आफ्नो गित उनको नाममा बनाएको आरोप लगाएकी हुन् । उक्त विषयमा धेरै वर्ष अगाडि नै अदालतबाट शाहको पक्षमा फैसला भइसकेको थियो । शाहले पुरानो कुरा लिएर वरिष्ठ गायक माथी लगाएको संगिन आरोपको विभिन्न संगीतकार तथा गायकहरुले विरोध गरेका छन् । 

महत लामो समयदेखि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा बस्दै र व्यवसाय गर्दै आइरहेका छन् । पछिल्लो समय उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालका मानार्थ महावाणिज्यदूत समेत हुन् । शाहको आरोपको विषयमा महतले भने प्रतिक्रिया दिईसकेका छैनन् । उनले यसअगाडि नै यो गितको विषय टुंगिसकेको र आफ्नो गितसंग कुनै संम्बन्ध नरहेको बताएका थिए ।   


Post a Comment

0 Comments