अमेरिकामा घरको मूल्य २० प्रतिशत बढ्यो, १५ वर्षयताकै उच्च
शिवहरि खतिवडा
बाल्टिमोर । यदि तपाईले अमेरिकामा व्यक्तिगत आवास तथा व्यापारीक प्रयोजनको लागि घर खरिदको लागि सोच्दै गर्नुभएको छ भने सुखद खबर छैन । विज्ञहरुले अहिलेको घरजग्गाको मुल्यले एक पछि अर्को रेकर्ड राख्दै गएकोले मुल्य अझै आकाशिन सक्ने अनुमान गरेका छन् ।
सीएनएनको एक रिपोर्ट अनुसार सन् २०२१ मा कोरोना महामारीको वाबजुत अमेरिकामा घरको मुल्य आकाशिएको छ । घर बिक्री र खरिद मुल्यको आधारमा २०२१ मा यस अगाडिको रेकर्ड तोडिएको छ । यहाँको सरकारी निकायहरुको तथ्यांक अनुसार यो वर्ष घरको मुल्यमा करिब २० प्रतिशतले बृद्धि भएको छ । यस्तो बृद्धिदर १५ वर्षयताकै उच्च छ ।
यहाँको फेडरल हाउसिङ फाइनान्स एजेन्सीका अनुसार घरमालिकहरूले एक वर्ष अघिको तुलनामा तेस्रो त्रैमासिक अवधिमा घरको औसत मूल्य लगभग २० प्रतिशत बढाएर बेच्ने गरेको जनाएको छ । एजेन्सीको घर मूल्य सूचकांकको इतिहासमा सबैभन्दा ठूलो वार्षिक घर मूल्य वृद्धिदर हो ।
अमेरिकामा घरहरू पनि रेकर्ड गतिमा बिक्री भइरहेका छन् । विज्ञहरुले २०२१ मा घरकर्जाको व्याजमा आएको व्यापक गिरावटले ग्राहक ह्वात्तै बढेको कारण घरको मुल्य बढेको बताएका छन् । यो क्रम २०२२ मा अझै बढ्न सक्ने अनुमान गरिएको छ तर लगानीको हिसाबले महंगोमा घर किन्नेहरुको उच्च मनोकांक्षाले बजारमा संकट ल्याउन सक्ने समेत संभावना विज्ञहरुले देखाएका छन् । ' सुरुमा किन्नको लागि घर पाउन पनि गाह्रो थियो । उपलब्ध घरहरूको सूची वर्षको सुरुमा सबै–समय न्यून थियो र प्रतिस्पर्धा अत्यन्तै कडा थियो । यसले घर तथा अपार्टमेन्ट भाडाको माग बढ्यो र देशभर भाडा बढ्यो एक किसिमले यो घर व्यापारको लागि पागल वर्षको रुपमा देखियो ।'- अस्टिनमा घर व्यवसायमा रहेका एजेन्ट म्याट होल्मले भने । गत जनवरीमा उनले बजारमा एउटा सानो पाँच वर्ष पुरानो घर ४,२५,००० मा राखेका थिए । उक्त घरको लागि तुलनात्मक रुपमा बिक्री मूल्यहरू भन्दा बढी र प्रस्तावहरूले भरिएको थियो । “मैले ३५ वटा प्रस्तावमा गणना गर्न छोडें'', उनले भने । घर ५,४५,००० मा बेचियो, सूची मूल्य भन्दा ३० प्रतिशत बढिमा । टेक्सास कै लेकफ्रन्टमा ६ मिनियन डलरमा २०२० मा खरिद गरेको घर २०२१ मै ११ मिलियन डलरमा बिक्री भएको थियो । अहिले क्रेताहरु हतासमा रहेका र उनीहरुले पागल जस्तै गरेर घरको लागि पैसा खन्याईरहेको व्यापारीहरु बताँछन् ।
२०२१ मा सुरुमा सबैभन्दा कम ब्याजको रुपमा रकर्ड कायम भएको थियो । उक्त समयमा ३० वर्षे फिक्स रेट २.६५% थियो । यो दर अप्रिल सम्ममा बढेर ३.१८ पुगेको थियो ।
फेडरल रिजर्भले मुद्रास्फीतिलाई रोक्नको लागि काम गर्दा यसको नकारात्मक असर बजारमा देखिएको बताएको छ । यता विज्ञहरुले भने घरको बजार पानीको फोकाको रुपमा रहेको र यो कुनै सानो कारणले पनि फुट्न सक्ने खतरामा रहेको बताएका छन् । 'फेडरलको संशोधित नीतिले आउँदो केही महिना भित्र घर किन्न खोज्ने मानिसहरूको हकमा त खासै प्रभाव पर्ने छैन तर केही समयमा भने समस्या देखिन सक्छ' विलियम राभिस मोर्टगेजकी कार्यकारी मोर्टगेज बैंकर मेलिसा चोहनले भनिन् ।
विज्ञहरुले घर खरिदको लागि अहिले राम्रो समय भएपनि तोकिएको मुल्यमा धेरै बढाएर प्रस्ताव नगर्न अनुरोध गरेका छन् । बजारमुल्य भन्दा माथि घर किन्नु जोखिम हुने विज्ञहरु बताँछन ।
0 Comments
तपाईको विचारको लागि धन्यवाद । हामी तपाईको विचारमाथी आवश्यक अध्ययन गर्ने छौं ।