गायिका स्मिताको उपचारका क्रममा निधन

विगत केही समयदेखि क्यान्सर रोगबाट ग्रसित गायिका स्मिता घिमिरेको निधन भएको छ। तीन वर्षदेखि बोनम्यारो क्यान्सरसँग जुझिरहेकी उनको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ निधन भएको उनको परिवारजनले जानकारी दिएको छ । सोमबार साँझ नै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। 
स्मिताले ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ 'के भो आज भोलि' लगायत थुप्रै नेपाली गीतहरु गाएकी छन् । केही महिना अघि उपन्यास ‘हराएको मुस्कान’समेत सार्वजनिक गरेर साहित्यमा पनि कदम बढाएकी थिइन्।

स्मिता भूपू प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र सबिता अर्यालकी छोरी हुन्। करिव दुई दशकअघि क्यान्सरबाट उनकी आमाको पनि मृत्यु भएको थियो। उनले पछिल्लो समय सामाजिक सञ्जाल र टिकटकमा प्ररणादायी कुराहरु र जानकारी पस्किँदै आइरहेकी थिईन । उनलाई परदेशी पोष्टको तर्फबाट हार्दिक श्रद्धाञ्जली । 

Post a Comment

0 Comments