हस्तमैथुन गर्दा अस्पतालको बास, डाक्टरले भने -'अब पनि अटेर गरे बचाउन सकिन्न'

 


एजेन्सी । हस्तमैथुन एक शारिरीक चाहना पुरा गर्ने क्रृतिम तरिका हो । महिला तथा पुरुष दुबैले यौन चाहना पुरा गर्ने सुरक्षित माध्यम हस्तमैथुन भएकोले डाक्टरहरु पनि यसलाई बढावा दिन्छन् तर त्यही हस्तमैथुनको कारण तपाईको अस्पतालको बास भयो भने के होला ? हस्तमैथुन गर्नेलाई ज्यान बचाउने कि लाज बचाउने भन्ने पिर होला तर जापानमा भने हस्तमैथुनका कारण एक व्यक्ति झण्डै स्वर्गिय भएका छन् ।



यहाँका डाक्टरहरुले सञ्चार माध्ययमलाई दिएको जानकारी अनुसार ५१ वर्षका पुरुषले एक दिनमै एकभन्दा बढी पटक हस्तमैथुन गर्ने बानीले उनको झण्डै मृत्यु भएको थियो । खासमा उनलाई हस्तमैथुन पछि स्ट्रोक अर्थात मष्तिकघात भएको थियो ।


डेलीमेलले जनाएअनुसार यी पुरुषलाई भएको स्ट्रोक अब शारीरिक सम्बन्ध राख्दा, खोक्दा वा शौचालय जाँदा समेत बल्झिन सक्छ । ती व्यक्तिलाई चरम उत्कर्षपछि अत्यन्तै पीडादायी तरिकाले टाउको दुखेको थियो । आफूलाई अचानक यस्तो लक्षण देखिएपछि उनी नागोया सिटी युनिभर्सिटी अस्पताल गएका र डाक्टरले स्ट्रोकका प्रमुख लक्षण देखिएको बताएका थिए । उनलाई अब फेरी यो रोग बल्झिए बचाउन गाह्रो हुने जानकारी दिईएपछि हस्तमैथुनको सोच नै त्यागेको बताईएको छ ।    

Post a Comment

0 Comments