एनआरएनए बेल्जियमको मतदान स्थलमै लफडा, प्रहरीको हस्तक्षेप, मतगणना रोकियो


प्रदेशी संवाददाता, बेल्जियम ।

  एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार मतदान र मतगणना विथोलिएको छ । नेपाली समुदायभन्दा बा
हिरका भनिएका केही व्यक्तिहरुले हुलदंगा गर्दा मतदान र मतगमणना रोकिएको हो । करीब पाँच जना युवाहरुको समुहले मतपेटिका तोडफोड गर्दै एनआएन पदाधिकारी तथा निर्वाचन पदाधिकारीमाथि हातपात गरेका थिए । उनीहरु विरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । 

घटनाका प्रत्यक्षदर्शी नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले ४÷५ जना युवाहरुले मतपेटीका तोड्नुको साथै केही तरल पदार्थ छर्किएको बताए । तरल पदार्थ के थियो भन्नेबारे खुलेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।  

मतदान केन्द्रमा रहेका अधिकांश नेपालीहरु आक्रमणको प्रतीकारमा उत्रिएका थिए । सो क्रममा दुई जना नेपाली घाइते भएका छन् । कोषाध्यक्ष पदका उम्मेदवार पुष्प नेपाल र एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष शारदा अर्याललाई चोट लागेको बताईएको छ । उनीहरुलाई उपाचारका लागि एम्बुलेन्समार्फत अस्पताल पु¥याइएको थियो ।  निर्वाचन समितिले आईसीसी र उम्मेदवारहरुसँग परामर्शपछि अब के गर्ने भन्ने विषयमा निर्णय लिने जनाएको छ ।  

आक्रमणकारीहरुको पहिचान खोजी गर्न बेल्जियमको प्रहरी प्रशासन समक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुटेजहरु बुझाइ सकिएको निर्वाचन समितिले जनाएको छ। ‘प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको छ । र, श्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको जानकारी यहाँहरुलाई गराउन चाहन्छौं ।’ समितिले विज्ञप्तिमार्फत भनेको छ ।

  


Post a Comment

0 Comments