
कोरोना भाइरसको संक्रमण बढिरहेकोले यो वर्षको खेलमा रौनक नभएपनि खेलाडीले नयाँ नयाँ किर्तिमान राख्ने आसा भने गरिएको छ ।
टोकियोमा बिहीबार मात्रै १,९७९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए । यो संख्या ६ महिनायताकै सबभन्दा बढी हो भने संक्रमितको संख्या लगातार वृद्धि भइरहेको कारण यस अगाडि नै खेल रोक्न स्थानीयले माग गरेका थिए । जापानले भने तयारी भइसकेकोले खेल रोक्न नमिल्ने भन्दै खेलको आयोजना गरेको हो ।
सरकारको नियम अनुसार विमानस्थलमै हुने पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्रै होटल वा ओलम्पिक भिलेजमा जाने अनुमति हुन्छ ।
प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिकले आयोजक सहरलाई नै रंगीन बनाउने एक कुम्भ मेला हो । कोभिड महामारीको कारण सरकारले आपत्काल घोषणा गरेरै ओलम्पिक आयोजना गर्न लागेको हो ।
0 Comments
तपाईको विचारको लागि धन्यवाद । हामी तपाईको विचारमाथी आवश्यक अध्ययन गर्ने छौं ।