कोरोना कालमा कुनै पनि फिल्म नचले पनि सदाबहार चलिरहने नायिका बनेकी छिन् य्रियंन्का कार्की । लकडाउनको समयमा उनलाई चल्न भने उनको गर्भवती पेटले निकै साथ दियो ।
कहिले गर्भको बच्चालाई नाईटोबाट जुस खुवाएको त कहिले भुँडी देखाएर पौडी खेलेको फोटोले सामाजिक सञ्जालमा सबैलाई रोजगारी दिईरह्यो । अरु त अरु राजनीतिमा असफल भएका डा. बाबुराम भट्टराई पनि प्रियन्काको भुँडीको कमेन्टमा भने सफल भए ।
उनले ट्विटरमा यो विषयमा के कमेन्ट गरेका थिए अहिले उनलाई ट्रोल बनाउनेको कुनै कमि छैन । उता प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । पारोस पनि किन, आफ्नो ज्यान आफ्नो अभिमान ।
जो नारीले दिनरात ३ किलो(अन्दाजी)को बच्चा आफ्नो गर्भमा हुर्काइरहेकी छिन् उनले आफूले चाहेको गर्दा अरुलाई किन टाउको दुख्नु पर्यो र ?
0 Comments
तपाईको विचारको लागि धन्यवाद । हामी तपाईको विचारमाथी आवश्यक अध्ययन गर्ने छौं ।