मलेसियाबाट २७ नेपालीको शव ल्याउने पाइलटको थामिएन आँसु, फेसबुकबाटै यसरी पोखे पिडा

प्रदेशी संवाददाता, मलेसिया


वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेर विभिन्न कारणले मृत्यू भएका नेपालीहरुको शव नेपाल जैजानेक्रम सुरु भएको छ । वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड र नेपाल बायुसेवा निगमको सहकार्यमा मृतक नेपालीको शव र यहीं अन्तिम संस्कार गरिएको नेपालीको अस्तु नेपाल जैजाने क्रम सुरु भएको हो । 

नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामाले दिनुभएको जानकारी अनुसार एक हप्तामा नेपालमा ३८ मृत शरिर र तीन अस्तु गरी ४० जना नेपालीको शव नेपाल पु¥याईएको छ भने अझै १८ नेपालीको शव नेपाल जैजाने क्रममा रहेको छ । कोभिडको कारण निधन भएका नेपालीको शव यही दाह सस्कार गरेर अस्तु नेपाल पु¥याईएको बताईएको छ तर यसको पुष्टी हुन सकेको छैन । 

मलेसियाबाट शुक्रबार एकैपटक २४ वटा शव र तीन वटा अस्तु साथै अघिल्लो हप्ता १३ वटा गरी एक हप्ताकैबीचमा ४० जना मृत नेपालीको शव नेपाल पु¥याईएको हो । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका शव आफन्तको जिम्मा लगाइएको छ ।  


क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याएका नेपाल वायुसेवाका क्याप्टेन लामाले फेसबुकमा एक भावूक पोष्ट लेख्दै विदेशबाट नेपालीको शव ओसार्न पर्नु निकै पिडादायी भएको बताए ।  ‘मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ, धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश? कि सबैलाई हो?' उनले पिडा पोखे ।

'विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न।' लामाले लेखेका छन् 'तथ्यांकमा मात्र सिमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ'

'अब पनि पुगेन देशलाइ बरबाद पार्दै नेपाली जनतालाइ बिदेश जान बाध्य बनाउने गरि एक आपसमा झगडा गर्न ? यति देखे पछि त केही गर्नु नि देश र जनताको लागि? आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथी उठ्न सकिन्न र?' लामाले आक्रोस पोखे । 

विश्व बैंकको तथ्यांक अनुसार करिब ७ लाख नेपाली मलेसिया रोजगारीको क्रममा रहेका छन् । यो मलेसियाको रोजगारी बजार दोस्रो ठूलो संख्या हो । 
   

Post a Comment

0 Comments