नेपालमा २४ घण्टामा २ हजार ५ सय ६८ जनामा संक्रमण

नेपालमा २४ घण्टामा २ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्याका अनुसार नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ। नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ।

यस्तै, उक्त अवधिमा २ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालमा ८ हजार ४ सय २ जनामा पिसिआर र ४ हजार २ सय ३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। जसमध्ये काठमाडौंमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जना रहेका छन्।

आइतबार कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ। नेपालमा मृत्युदर १.५ प्रतिशत रहेको छ।

हालसम्म नेपालमा ४० लाख ६४ हजार २ सय ८८ जनाले पहिलो डोज र १८ लाख १३ हजार ४ सय ७१ जनाले दुवै डोज खोप लगाएका छन्।

Post a Comment

0 Comments