अमेरिकी मध्यवधी चुनावमा तीन नेपालीले जिते सांसद, औपचारिक घोषणा हुन बाँकी

बाल्टिमोर । अमेरिकामा हालै सम्पन्न मध्यवधी निर्वाचनमा तीन नेपाली स्थानीय सांसद पदमा निर्वाचित भएका छन् । संसारकै सबैंभन्दा ठूलो व्यवसायीक शहर न्यूयोर्कसहित मेरिल्याण्ड र भर्जिनिया राज्यमा स्थानीय सांसदको पदमा तिन नेपाली निर्वाचित भएका हुन् । 

मेरिल्याण्ड राज्यको क्षेत्र ८ बाट राज्य विधान सभा सदस्यमा ह्यारी भण्डारी, न्यूयोर्कको क्षेत्र १०३ बाट राज्य विधान सभा सदस्य सराहना श्रेष्ठ र भर्जिनियाको हर्नडन नगर परिषद सदस्यमा  प्रदिप ढकाल विजयी भएका हुन् । भण्डारी दोस्रो पदक निर्वाचित भएका हुन् भने ढकाल तेस्रो पटक निर्वाचित भएका हुन् । श्रेष्ठले भने पहिलोपटक नेपाली मुलकका महिला सांसदको रुपमा आफ्नो नाम लेखाउन सफल भएकी हुन् । चुनावको दिनका मतपत्र गणना सकिए पनि हुलाकबाट आएका मतहरु गन्न बांकी रहेकोले मतपरिणामको औपचारिक घोषणा भएको छैन । अधिकांश गत गणना भइसकेको र उहाँको अग्रमतको कारण निर्वाचित भएको अनौपचारिक घोषणा अमेरिकी मिडियाहरुले गरिसकेका छन् ।    

Post a Comment

0 Comments