संसारमा प्रविधिका प्रतिक बनेका टेस्ला तथा स्पेस एक्सका प्रमुख एलन मक्ससंग चीन रिसाएको छ । खासमा मक्सको इन्टरनेट योजनालाई लिएर चीन रुष्ट बनेको हो । मक्सको भू-उपग्रह स्टारलिंकले दुई पटक आफ्नो स्पेस एजेन्सीसंग ठोकिन खोजेको भन्दै चीनले राष्टसंघमा उजुरी दिएको छ ।
मस्कको एरोस्पेस कम्पनी स्पेस एक्सद्धारा निर्मित स्टारलिंक भू-उपग्रहले चीनको भू-उपग्रहलाई यसवर्ष दुई पटक टक्कर दिने प्रयास गरेको चीनको आरोप छ । गएको जुलाई र अक्टोबरमा स्टारलिंकले टक्कर दिन खोजेको चीनद्वारा हालै जारी रिपोर्टमा उल्लेख छ । सो घटनालाई उल्लेख चीनले संयुक्त राष्ट्रसंघ समक्ष अमेरिकाले अन्तरिक्ष र भू-उपग्रहसम्बन्धी दुई देशबीच भएको सम्झौता स्मरण गराउन चेतावनी दिएको छ ।
एलन मस्कको स्पेस एक्स कम्पनीले १६ सयभन्दा बढि भू-उपग्रहहरु अन्तरिक्षमा पठाइसकेको छ भने हालसम्म १२ हजारभन्दा बढि भू-उपग्रहहरु अन्तरिक्षमा लन्च गर्ने तयारीमा छ । एलोन मस्कले आफ्नो स्टारलिंक इन्टरनेट सर्भिस प्रोजेक्टद्वारा प्रक्षेपित उपग्रहहरूसँगको टक्करबाट बच्न आफ्नो अन्तरिक्ष स्टेशनलाई बाध्य पारेको गुनासो चीनले गरेपनि मक्सले भने यसको विषयमा केही प्रतिक्रिया जनाईसकेका छैनन् ।
गुनासो सार्वजनिक भएपछि चीनमा स्टारलिंक र अमेरिकाको भारी आलोचना भएको छ । त्यहाँको सामाजिक सञ्जालमा स्टारलिंकको उपग्रहलाई आकाशमा फोहोरको थुप्रो बनाउने काम भएको भनिएको छ । चीनले अमेरिकाले अन्तरिक्ष सन्धि अन्तर्गतको दायित्वलाई बेवास्ता गरेर अन्तरिक्ष यात्रीहरूलाई खतरामा पारेको आरोप पनि लगाएको छ। चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले अमेरिकालाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरिरहेको बताए।
0 Comments
तपाईको विचारको लागि धन्यवाद । हामी तपाईको विचारमाथी आवश्यक अध्ययन गर्ने छौं ।