अमेरिकालाई कम्यूनिष्ट: आतंकवादीभन्दा खतरा

बाल्टिमोर । यदि तपाई अमेरिकामा स्थायी रुपमा बसोबासको लागि जाँदै हुनुहुन्छ भने तपाईलाई लिखीत रुपमै आफू कुनै पनि कम्यूनिष्ट पार्टीको सदस्य नभएको घोषणा गर्न भनिन्छ । अझ अमेरिकाको नागरिकता लिनको लागि भरिने फाराममा त तपाई कम्यूनिष्ट होईन भन्ने स्वघोषणा गर्ने स्थान आतंककारीभन्दा माथी अर्थात सबैभन्दा पहिला राखिएको छ । आखिर किन अमेरिका कम्यूनिष्ट पार्टी र यसका सदस्यलाई आतंककारी भन्दा खतरनाक मान्छ वा किन अमेरिका कम्यूनिष्टसंग डराइरहेको छ ? के अमेरिकालाई आफ्नो देशमा कम्यूनिष्ट नभित्रिउन् भन्ने लाग्छ ? आज हामी यसको उत्तर खोज्न गइरहेका छौं । 


अमेरिकामा कम्यूनिष्ट निषेध गर्ने कानून सन् १९५० मै बनेको थियो । सन् २०२० मा भने यसमा केही संसोधन गरिएको छ र कम्यूनिष्ट पार्टी भएपछि त्यसको । गम्भिरताको विषयमा अध्ययन गरेर यहाँको नागरिकता वा ग्रिनकार्ड दिन सकिने भनिएको छ । अर्थात कम्यूनिष्टमा पनि निरंकुस पार्टीको सदस्य भएमा अमेरिकामा बसोवास नदिने भन्ने आसय छ ।  

  कम्यूनिष्टलाई किन अमेरिका रुचाउँदैन ? यसको उत्तर सजिलो छ । कम्यूनिष्ट विचारको उत्ततीको समयमा जनतामाथी थिचोमिचो थियो । अत्याचार थियो । हिटलरको विषयमा सुन्दा तपाईलाई आज पनि डर लाग्न सक्छ । त्यस्ता देशमा नागरिक अधिकारको व्यापक हन्न थियो । जब १७७५ मा ब्रिटिश आर्मीको विरुद्धमा युद्ध सुरु भयो सोही समयमा पनि नागरिक स्वतन्त्रताको लागि लडाई भएको थियो । अमेरिका स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा थियो यसको विपरित सोभित यूनियन लगायतका कम्यूनिष्ट देशहरुमा नागरिक स्वतन्त्रता थिएन । त्यहा जनताले जमिनमाथीको अधिकार पाउँदैनथ्यो भने स्वतन्त्र रुपमा धर्म मान्न पनि पाउँदैनथिए । वास्तममा भन्नुपर्दा स्वतन्त्रताको पक्षधरीले नै अमेरिका खोज्दै आएका थिए र अमेरिकाको पत्ता लगाएका थिए । यस हिसाबले भन्नुपर्दा अमेरिकाको जन्म नै स्वतन्त्रता र प्रजातन्त्रको लागि भएको मानिन्छ । त्यसैले अहिलेसम्म अमेरिका कम्यूनिष्ट देशहरुलाई सोही नजरले हेर्ने गर्दछ र बेला बेलामा कम्यूनिष्ट देशमाथी छेडखानी पनि गरिरहेको हुन्छ ।   

 सन् १९४७ अर्थात दोस्रो विश्वयुद्ध सकिएको केही वर्ष मात्रै भएको थियो । अमेरिकाले नै विश्वयुद्ध अन्त्य गरिदिएपछि अमेरिकाको शक्तिलाई पूर्वी देशहरुले राम्रै मुल्यांकन गरे । अझ भनौं सोही शक्ति प्रदर्शनपछि अहिलेसम्म पनि अमेरिका शक्ति राष्टको शिर्ष स्थानमै छ । दोस्रो विश्वयुद्ध सकिपछि अमेरिका र तत्कालित सोभित युनियनसंग अर्को युद्ध सुरु भयो । कोल्ड वार अर्थात शित युद्ध । यो युद्ध दोस्रो विश्वयुद्ध जस्तो दुई देशका शेनाबीचको भिडन्त थिएन । यो त एउटा विचारको युद्ध थियो । पश्चिमा देशहरुको तर्फबाट अमेरिकाले नेतृत्व गरेको देशहरु प्रजातन्त्रको पक्षमा थिए भने जर्मनी सहितको देशहरुको तर्फबाट सोभित युनियन कम्यूनिष्ट विचारधारामा विश्वास गर्ने देशको रुपमा उभियो । हो, सन् १९४७ पछिबाट सतही रुपमै अमेरिका र कम्यूनिष्ट एक अर्काको दुष्मन बनिरहेको छ ।  

कम्यूनिष्टहरुको शासन भएको देशमा नागरिक अधिकार हनन् हुन्छ भन्ने अमेरिकाको धारणा छ । त्यसैले अमेरिका र चीनबीच शक्ति सन्तुलन मात्र नभएर विचारमा पनि लडाई भइरहेको हुन्छ । अमेरिकाले चीनमा मानव अधिकार हन्न भएको कुरा बेला बेलामा उठाउँदै आएको छ । हालै मात्र पनि यहाँको राष्टपति जो वाईडेनले चीनको एक प्रान्तमा मुश्लिम आप्रवासीमाथी अमानवीय व्यवहार गरेको भन्दै त्यहाँबाट उत्पादित सामाग्री अमेरिका आयातमा रोक लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । 

कम्यूनिष्ट विश्वबाटै लोप भइसक्यो 

तपाईलाई लाग्यो होला नेपालमा त कम्यूनिष्ट पार्टीहरुको सक्रियता बढिरहेकै छ भन्ने तर नेपाल कम्यूनिष्ट देश होईन । एक देश एक शासन र एक पार्टीको सिद्धान्त बोकेको सक्रिय कम्यूनिष्ट देशहरु अहिले आँैलामा गन्न सकिने मात्रै छन् । वल्र्ड एट्लासको अनुसार अहिले ५ वटा देश मात्रै बिसुद्ध कम्यूनिष्ट विचारधारामा चलिरहेका छन् । जसमा सबैभन्दा ठूलो चीन, लाओस, क्यूबा, भियतनाम र उत्तर कोरिया रहेका छन् । यि सबै देशहरुसंग अमेरिकाको राम्रो सम्बन्ध छैन । अझ भनौं जसले कम्यूनिष्ट विचारधारा अंगाल्छन् उनीहरु अमेरिकालाई शत्रु देख्छन् यता अमेरिका पनि कम्यूनिष्ट देशहरुमा हुने नागरिक अधिकार हनन्को विषय लिएर चिन्तित हुने गर्दछ । सोही कारण कतै कम्यूनिष्टहरुले देशमा गिद्धे नगर लगाएका पो छन् कि भन्ने हेर्नकै लागि अमेरिकामा विश्वका अरुदेशहरुबाट कम्यूनिष्ट पार्टीका सदस्यहरुको प्रवेशमा कडाइ गर्दै आएका छ । 

करिब ३० दशक अगाडिसम्म विश्वमा कम्यूनिष्ट देशहरु उल्लेख्य थियो । सोभित युनियनको आडमा कम्यूनिष्ट शासान गर्नेहरु एक पछि अर्को गर्दै ढल्दै गइरहे । पोल्ल्याण्ड, रोमालिया, यमन, अफगानिस्तान, केन्या, कन्गोलगायतका देशहरु यसका उदाहरण हुन् । नेपालमा पनि कम्यूनिष्टहरु सक्रिय शासनमा आउन सकेका छैनन् अर्थात आफ्नो विचारधारामा अडिन रहन नसक्दा कम्यूनिष्टहरुको भविष्य नेपालमा पनि उल्लेख्य देखिँदैन् । युद्धको आडमा स्थापित माओवादीहरु आज तितरवितर भइसकेका छन् भने जनवाद र समाजवाद बोकेको एमालेहरुपनि चोइटिरहेका छन् ।  


Post a Comment

0 Comments