बालेनको बालापन: भन्छन् 'यम बुद्धको शालिक त बनाएरै छोड्ने हो'

पदरेशी संवाददाता । काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले यम बुद्धको शालिक नबनाई नछोड्ने बताएका छन् । ¥याप गायक यम बुद्धको शालिक बनाउने निर्णयको विरोध भएपछि मेयर साहले आफ्नो तलबबाट शालिक बनाउने घोषणा गरेका छन् । 

उनले फेसबुकमा एक पोष्ट लेख्दै तलबबाट बनाउने तर शालिक चै बनाएरै छोड्ने बताएका हुन् । तर कानूनी रूपमा भने उनले काठमाडौं महानगरपालिकाबाट तलब पाउँदैनन् । यस अगाडिकै कमाईले बनाउने भए उनले कहाँ कसरी बनाउने भन्नेबारे स्पष्ट पारेका छैनन् । “म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु।” उनले फेसबुकमा लेखेका छन् । 

कानून अनुसार स्थानीय तहका कुनै पनि जनप्रतिनिधिले तलब पाउँदैनन् । स्थानीय सरकार गठन भएपछि २०७५ सालमा सातै प्रदेश सभाले ‘स्थानीय तहका पदाधिकारी र सदस्यको सुविधा सम्बन्धित ऐन’ बनाएका थिए। जसमा वडा सदस्यदेखि मेयर तथा अध्यक्षसम्म ‘मासिक सुविधा’ अर्थात् तलबको व्यवस्था गरिएको थियो । 

पछि सच्र्वाेच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले तलब लिने तलब सम्बन्धी सबै ऐन रद्द गरेको थियो तर जनप्रतिनिधिले अन्य सेवासुविधा बैठक भत्ता, भ्रमण भत्ता भने लिन पाउने व्यवस्था कानूनमा रहेको छ । तर वाग्मती प्रदेशले आफ्नै कानून बनाएर स्थानीय जनप्रतिनिधीलाई सेवा सुविधाको व्यवस्था गरेको छ । प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिकाका मेयरको मासिक सुविधा ४२ हजार रूपैयाँ तोकिएको छ । यो अनुसार शालिकमा खर्च गरे उनको ३ वर्षको आम्दानी खर्च हुने देखिन्छ । महानगरले शालिकको लागि १५ लाख छुट्ट्याएको थियो । 


Post a Comment

0 Comments