आत्महत्या गर्ने र्‍यापरको सालिक बनाउन मेयर बालेनको दबाब, महानगरले छुट्यायो बजेट

काठमाडौं । नेपालबाट विदेश भासिएर विदेशमा आत्महत्या गरेका र्‍याप गायक यमबुद्धको सालिक काठमाडौं महानगरपालिकाले निर्माण गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो ।

करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन भएको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।

र्‍याप गायक यमबुद्ध १ माघ २०७३ मा बेलायतको राजधानी लण्डनको साउथ ह्यारोस्थित घरमा मृत भेटिएका थिए । त्यहाँ उनी श्रीमतीसँगै ससुरालीका सदस्यसँग बस्थे । त्यो दिन बिहान ६ बजे उनी बाथरुमको झ्यालमा बेल्टको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए । पोष्टमार्टम र बेलायत प्रहरीले त्यो आत्महत्या भएको निष्कर्ष निकालेको थियो ।२९ वर्षमा आत्महत्या गरेका उनको केही र्याप गितहरु चर्चित छन् । उनको गित र कविताको धेरै युवाहरु फ्यान छन् । 

Post a Comment

0 Comments