अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

बाल्टिमोर । (सीएनएन) अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण भएको छ । पुरै खोप र दुई पटक बुस्टर लगाएका बाइडेनलाई कोरोना भएको ह्वाईट हाउसले पुष्टी गरेको छ । उनलाई हल्का लक्षणहरू देखिएको ह्वाइट हाउसका प्रेस सचिव करिन जीन पियरले बिहीबार जानकारी दिईन ।   

'आज बिहान राष्ट्रपति बाडेनको कोभिड १९ को परिक्षण पोजेटिभ पाईएको छ । उनले पूर्ण रूपमा खोप लगाएका थिए' उनले भनिन् । सीडीसीको गाइडलाईन अनुसार बाईडेनलाई ह्वाईट हाउसमा छुट्टै राखिएको छ ।  उनले आफ्नो काम भने जारी राख्ने ह्वाईट हाउसले जनाएको छ । ७९ वर्षीय बाइडेनमा कोभिड–१९ को देखिएको पहिलो पटक हो । उनले अन्तिम पटक मंगलबार कोरोना परीक्षण गरे थिए त्यसमा पनि उनको नतिजा नेगेटिभ आएको थियो ।  

आफ्नो उमेरका कारण बाइडेन कोभिड–१९ को गम्भीर अवस्थाको लागि जोखिममा छन्, यद्यपि रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार वृद्ध वयस्कहरूलाई पूर्ण रूपमा खोप लगाए जोखिम कम हुन्छ । कोरोना देखिएपछि बाइडेनको सबै औपचारिक कार्यक्रमहरु रद्द गरिएका छन् । उनी ह्वाईट हाउसमै डाक्टरको निगरानीमा रहने बताईएको छ । 

Post a Comment

0 Comments