करिब १० वर्षपछि अमेरिकामा देखियो पोलियो रोग, न्यूयोर्कमा भेटिए विरामी

बाल्टिमोर । अमेरिकाको न्यूयोर्कमा करिब १० वर्षपछि पहिलो पटक पोलियो रोगको विरामी फेला परेको छ । न्यूयोर्कमा पक्षघात भएका एक विरामीमा जाँच गर्दा पोलियो रोग देखिएको स्वास्थ्या अधिकारीहरुले बताएका छन् । न्यूयोर्क स्वास्थ्य विभागका अधिकारीहरुले बताए अनुसार पोलियोको उक्त रोग अमेरिका बाहिर उत्पन्न भएर अमेरिकामा प्रवेश गरेको हुनसक्ने आशंका गरिएको छ । 'हामीले संक्रमितको परिवार तथा अन्यमा अनुसन्धान गरिरहेका छौं । उनीहरुको सम्पर्कमा रहेकाहरुको विषयमा पनि अनुसन्धान भइरहेको छ ।' रकल्याण्ड काउन्टी स्वास्थ्य विभाग प्रमुख डा. प्याटिक स्कनबेल रुपिटले भने । 

विरामी यूवा पुरुष भएको र पोलियो विरुद्धको खोप नलगाएको व्यक्ति भएको बताईएको छ । अमेरिकामा पोलियोको लागि ३ प्रकारको खोप स्वीकृत गरिएको छ । खोप लगाएकाहरुलाई पोलियो हुने संभावना निकै कम रहेको अनुसन्धानहरुले देखाएको छ । अमेरिकामा १९७९ देखि पोलियो रोग देखिएको छैन भने अमेरिका बाहिर पोलियो रोग बेला बेलामा देखिँदै आएको छ । पोलियो जोखिममा रहेका देशहरुको भ्रमण गरेर अमेरिका फर्कनेमा भने करिब १० वर्ष अगाडि यो रोग देखा परेको थियो । पोलियोको लक्षण सुरुको अवस्थामा प्राय देखिँदैन । केहीमा भने घाँटी दुख्ने, ज्वरो आउने, थकान र वाकवाकी लाग्ने साथै फ्लू जस्ता लक्षणहरू उत्पन्न गर्न सक्ने यहाँको रोग नियन्त्रण विभागले जनाएको छ । थोरै केसहरूमा भाइरसले स्नायु प्रणालीमा आक्रमण गर्ने र दिर्घकालिन पक्षघात निम्त्याउन सक्ने बताईएको छ । 

पोलियो लागेमा कुनै उपचार छैन, तर खोपद्वारा सङ्क्रमणलाई रोक्न सकिन्छ । धेरै देशले बालबालिकाहरूमै तीव्र रुपमा खोप अभियान सञ्चालन गरेको कारण पोलियो देखिएको थिएन । रकल्याण्ड काउन्टीमा देखिएको पोलियोको घटनापछि काउन्टीले खोप क्लिनिकहरू फेरी खोल्ने योजना बनाएको बताएको छ भने खोप नलगाएकाहरुलाई खोप लगाउन सार्वजनिक अपिल पनि गरिएको छ ।  

यस अगाडि १९४० को दशहमा अमेरिकामा पोलियोको कारण प्रतिवर्ष ३५ हजार बढी व्यक्ति पक्षपातको शिकार हुने गरेका थिए । १९५५ मा खोपको विकास र विश्वभरी खोप कार्यक्रम गरिएपछि विश्वबाट पोलियोको अन्त्य भएको घोषणा गरिएको थियो ।

धेरैमा पोलियोको लक्षणहरु देखिँदैन तर देखिएमाः 

- घाँटी दुख्ने 

- ज्वरो आउने 

- थकान महसुस हुने 

- टाउको दुख्ने 

- भुँडी दुख्ने 

वाकवाकी लाग्ने लस्ता लक्षणहरु देखिन सक्छ । 

भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना जस्तै स्वास प्रस्वासको माध्ययमबाट सर्न सक्छ । यसले दिर्घकालिन रुपमा मेरुदण्डलाई संक्रमित गरि पक्षाघात हुनसक्ने जनाईएको छ । संक्रमण भएको धेरै व्यक्तिमा कोरोनाको लक्षण नै नदेखिने अध्ययनले देखाएको छ । संक्रमितको अध्ययनमा १०० मा ७२ जनामा यो रोगको लक्षण देखिएको थिएन ।
  

Post a Comment

0 Comments