भारतले नेपाललाई आफ्नो खाद्यान्न निर्यातमा प्रतिवन्ध नलगाउने

भारतीय राजदूतले भने- 'प्रतिबन्ध नेपालका लागि होइन'

काठमाडौं । भारत सरकारले गहु, चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालमा लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । 

नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको औपचारिक भेटवार्तामा सो कुरा बताएका हुन् ।   

राजदूत श्रीवास्तवलाई महासंघ सचिवालयमा अध्यक्ष शेखर गोल्छाले स्वागत गर्दै भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको गुनासो गरेका थिए ।   

'भारत सरकार, भारतसंगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा छ । तपाईहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ' राजदूत श्रीवास्तवले भने 'हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौं ।' 

महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैर भंसार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए । अध्यक्ष गोल्छाले नेपालको भारतसंगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको बताएका थिए । लामो समयदेखि मीरगंज पुल बन्न नसकेकोतर्पm ध्यानाकर्षण गराउदै अध्यक्ष गोल्छाले निर्माणका लागि आग्रह गरे । उनले नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाईलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने बताए । गैर भन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिवुटि निर्यातमा समस्या देखिएको छ ।  यसैगरि तेस्रो मुलुकसंगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि उनले आग्रह गरेका थिए । 

सडक, रेल, हवाई र साथै डिजिटल कनेन्टीभीटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजवूद बनाउन भारत सरकार तयार छ राजदुत श्रीवास्तवले भने ल्याव टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तराष्ट्रियस्तको ल्याव स्थापना भएको, काठमाडौंमा रहेको ल्यावलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरि काम भैरहेको बताए । अर्को ल्याव उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्री समक्ष अनुुरोध गरेको पनि उहांले बताउनुु भयो । यसमा महासंघकातर्फबाट पनि नेपाल सरकारमा प्रयास हुन सुुझाव दिनुु भयो ।


गैर भंसार अवरोधका सम्बन्धमा महासंघले राखेका गुुनासाहरूतर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यस प्रकारको अवरोध भएको आफूलाई थाहा नभएकाले त्यस्ता समस्या छन् भने आफुले समाधान गर्ने प्रतिवद्धता जनाए ।   

अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गरेका थिए भने राजदूतले यस कार्यमा पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।  

Post a Comment

0 Comments