ह्यारी भण्डारी डेमोक्रेटिक पार्टीको तर्फबाट दोस्रो कार्यकालको लागि निर्वाचित


दुई नेपालीले खोले केन्द्रीय सदस्यमा खाता 

बाल्टिमोर । 

मेरिल्याण्डको डिस्ट्रिक्ट ८ डेलिगेट  ह्यारी भण्डारी मेरिल्याण्डको हाउस अफ एसेम्बेली सदस्यका लागि भारी मतका साथ दोस्रो कार्यकालका लागि डिस्ट्रिक्ट ८ बाट डेमोक्रेटिक पार्टीको उम्मेद्वारी जित्नुभएको छ। आज सम्पन्न प्राईमरी निर्वाचनबाट भण्डारीले भारी मतका साथ डेमोक्र्याटिक पार्टीको तर्फबाट उमेदवारमा विजयी हुनुभएको हो । उहाँ अहिले पनि यही क्षेत्रबाट डेलिगेट हुनुहुन्छ ।

यसैगरी मेरिल्याण्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यमा दुई नेपाली अर्जुन हमाल (डिस्ट्रिक्ट ८) र सतिश चापागाईं (डिस्ट्रिक्ट ७ क) मा विजयी हुनुभएको छ। भण्डारीले बुधबार औपचारीक रुपमा आफूले जितेको घोषणा गर्नुभएको छ । भण्डारीले नेपाली टिमको वियजले अमेरिकामा नेपाली देखिने र सुनिने बनाउने अभियानले थप गति र दिशा पाएको बताउनुभयो ।  अब भण्डारीले नोभेम्बर ८ को जनरल इलेक्सनमा विपक्षी दलका प्रतिष्प्रर्धीसंग चुनाव लड्नु पर्ने छ । भण्डारीले उक्त चुनावको लागि सहयोग गर्न सबै नेपालीलाई आव्हान गर्नुभएको छ ।  

Post a Comment

0 Comments