BREAKING : जापानका पूर्वप्रधानमन्त्री माथी गोली प्रहार, भाषण गर्दा गर्दै हानियो गोली


 परदेशी संवाददाता । जापान । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथी नारा सहरमा भर्खरै गोली प्रहार भएको छ । त्यहाँ आयोजित एक कार्यक्रममा भाषण गर्ने क्रममा उनीमाथी गोली प्रहार भएको थियो । 


गोली लागेर उनी बेहोस भएका बीबीसीले लेखेको छ । समाचार प्रसारक एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषणको क्रममा बाटोमा ढलेर रगत बगेको देखिएको छ। उनको आक्रमणकारीलाई हिरासत लिईएको जनाईएको छ ।  टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबेमाथी गोली प्रहार भएको पुष्टी गरेका छन् ।  कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा भएपनि उनको निधन भइसकेको अनुमान गरिएको छ ।  बन्दुकमाथि प्रतिबन्ध लगाइएको जापानमा बन्दुक हिंसाका घटना विरलै हुन्छन्। 

जापानमा मृत्युको आधिकारिक पुष्टि हुनु अघि प्रारम्भिक रिपोर्टहरूमा कार्डियोपल्मोनरी अरेस्ट भन्ने शब्द प्रयोग गरिन्छ । 

Post a Comment

0 Comments