बन्चेडाँडामा फोहोर थुपार्न प्रहरीले चलायो गोली, एक जना स्थानीय गम्भीर घाइते

फाईल फोटो

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको फोहोर  लिएर गएको गाडीलाई प्रहरीले बल प्रयोग गरेर धादिंगको बञ्चरेडाँडामा पुर्याएको छ । स्थानीय वासिन्दाको अवरोध छिचोल्दै धादिङ धुनिवेशी नगरपालिकामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पु¥याइएको हो । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पु¥याइएको बताए । गाडीले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर खसाल्दा पनि यता बाटोमा प्रहरी र स्थानीय आन्दोलनकारीबीच झडप भइरहेको थियो । स्थानीय वासिन्दाले प्रहरीलाई लक्षित गरेर डुंगामुढा गरेका छन् भने प्रहरीले रबरको गोली र अश्रुग्यास हानेको छ । 

स्थानीय वासिन्दाले काठमाडौंबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको थियो । प्रहरीले हानेको गोली आँखानजिकै लागेर स्थानीय कमल तामाङ घाइते भएका धुनीवेशी नगरपालिका १ का  वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार उनलाई उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको छ । उनको आँखामाथिकव भागमा रबरको गोली अड्किएको छ । 

Post a Comment

0 Comments