अमेरिकामा बुद्धू विज्ञको विगविगी: आफैँलाई हुँदैन जानकारी, नयाँलाई दिन्छन् उपदेश !

✍🏻 सानुबाबु सिलवाल

(फेसबुकबाट साभार गरिएको) 

अमेरिकामा २-४ बर्ष जति के बसेको छैन, भिडियो, लाइभ र लेखन मार्फत बिभिन्न जानकारिहरु दिने नाममा गलत सुचना, गलत जानकारि, गलत नियम कानुन र गलत अभ्यासहरु दुनियाँलाइ दिएको देख्दा अचम्म लाग्छ भन्या । स्वयम जानकारि दिने, भिडियो बनाउने र लेख्नेले सम्बन्धित बिषयबस्तुको जानकारि पुर्ण रुपमा हुन्न तिनैले मच्चि मच्चि भ्रम गलत जानकारिहरु आम मानिसलाइ दिदा रहेछन​।

एउटा काम न काजको हल्लुडोले अमेरिकाको ड्राइभिङ्ग​, अमेरिकाको ड्राइभिङ्ग कानुन र तरिकाका बारेमा भिडियो बनाएको रहेछ​ । उक्त भिडियोमा स्वयमलाइ पुर्ण जानकरि छैन भन्ने भिडियो हेर्नेले मज्जाले लख काट्न सक्छ ​। अमेरिकामा बस्ने अधिकाश ड्राइभर गाडि हाक्नेहरुलाइ त थाहा छदै छ तर नया मानिसहरु जो अमेरिका आएका छन​, जो मानिसहरु अमेरिका आउदै छन​, जो मानिसहरुका परिवार​, आफन्त​, भाइसाथिहरु अमेरिकामा छन तिनलाइ चासो नहुने कुरै भ​एन​। हेर्छन जानकारिहरु। आज मात्रै नेपालका केहि शुभचिन्तकहरुले सोधे, यो भिडियोमा त अमेरिकाको ड्राइभिङ्गको पुर्ण जानकारि भनेर हालेको छ​। यो यस्तो हो र हजुर​? मैले भने मलाइ त्यो भिडियो पठाइ दिनु त भनेर हेर्दा जसलाइ हिट एन्ड रन भनेको थाहै छैन उल्टो उल्टो जानकारि, गलत जानकारि सम्प्रेषण गरिएको छ उक्त भिडीयोमा। नजाने नभन्नु, नजाने नबोल्नु, नजाने नलेख्नु तर बाठो भ​एर, मैमत्ता भ​एर​, खुब जानकार भै टोपलेर चाहि किन गलत जानकारि दिने?
यो मात्रै होइन दिनको १५ घन्टा काम गर्ने यसो फुर्सदमा पत्रकारिता गर्छु भन्ने काम न काजका अलपत्रकार नेपालिहरुका लेखन र उनिहरुले अमेरिकाका बारेमा झुट्टा, गलत र नचाहिदो जानकारि दिने गरेका छन​। एउटिले केहि समय अघि अमेरिकाको श्रमका बारेमा झन्डै ८०% त झुट्टा र गलत जानकारि दिएको देखे। एउटोले अमेरिकाको बिभिन्न सबालमा लेखेको रहेछ त्यसमा पनि उस्तै छ​ अधिकाश उल्टो कुरा छन​।
पढ्नु, अध्ययन गर्नु, बुझ्नु, ट्यालि गर्नु, अझै दोर्याएर हेर्नु र अझै नबुझे र पुर्ण जानकारि नभ​ए लेख्नु र बोल्नु अघि सोध्नु यो के होला भनेर कमसेकम मासमा, दुनियाँले पढ्दा हेर्दा त उचाइ तिमिहरुकै बढ्ने त हो।
बाटामा टपक्क गोरा, गोरिनिसङ्ग टासियो, तस्बिर खिच्यो अनि मिटिङ्ग र सिटिङ्गका नाममा क्याप्सन हालेर पिक्चर ठोकिहाल्यो। जसलाइ अङ्ग्रेजि भुत्लो भाङ्ग केहि आउदैन त्यस्ताले अग्रेजिमै मिटिङ्गका नाममा बाटामा हिडेका गोरा काला जातिसङ्ग के मिटिङ्ग गर्यो होला आफै लख काट्नुहोला।
प्रबासमा यतिका बर्ष बसेर पनि सिक्ने, जान्ने, बुझ्ने, अध्ययन गर्ने कला, बानि र आदत छैन धेरैको। आधा ज्ञान, आधा उधि भाषा र आधा ड्रिम बोकेर बाच्नेहरुको बग्रेल्ति छ प्रबासमा।
झुट्टा बायोडाटा दुनियालाइ भनेर, झुक्याएर आफ्नो नक्कलि उचाइ खडा गरेर के पाउनु हुन्छ एक पटक आफ्नो सच्चा आत्मा र छातिमा हात राखेर सोच्नुहोस त एकैछिन​? झुट, छलछाम र फट्याइ जिन्दगि जिउदै हुनुहुन्छ भने आजैबाट आफुलाइ सुधार्नुहोस। इमान्दार​, हार्डवर्किङ्ग र सच्चा भ​एर पनि बाच्न सकिन्छ आफ्नै इमान र परिश्रममा। त्यसले नै दिन्छ तपाइलाइ पिस र पिस अफ माइन्ड पनि।
एक डलरको कमाइ भ​ए २० डलर भन्या छन​, २० डलरको कमाइ भ​ए १०० डलर हाक्या छन गुड्डी, सानोतिनो बासस्थान​, आय आर्जनको बाटो भ​ए उल्कै औधिका सम्पतिको गुड्डी हाक्या छन​, डुल्या छन। मेरो आग्रह के हो भने यथार्थमा बाच्ने प्रयास गर्नुहोस​। ढाटेर​, छलेर​, फटाहा बोलेर, बढाइचढाइ गरेर र भ्रममा बाचेर दुनियाका भाइसाथिका आखामा छारो हालेर, एक कुरा झुट्टा बोल्दा १०० वटा झुट्टा कुरा गरेर कति दिन बाच्नु हुन्छ​? दुनियालाइ त दुइ दिन ढाटेर देखाएर मै ठुलो हु भन्ने पार्नुहोला तर आफ्नै आत्मालाइ ढाटेर छलेर कति दिन बाच्नुहुन्छ​?

Post a Comment

0 Comments