एमाले नेता महेश बस्नेतले दिए मेयर बालेनलाई धम्की, एमाले कार्यकर्ताको भवन भत्काएको आरोप

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले विकास गर्न लागेको भन्दै खनिएका छन् । फेसबुकमा लामो पोष्ट गर्दै नेता बस्नेत बालेनमाथि खनिएका हुन् । एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाँईलाई

सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए । तपाँइलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् । 

Post a Comment

0 Comments