ग्राण्डीका डाक्टरले दाईजो नल्याएको भन्दै कुटे श्रीमती, न्याय माग्दा डिभोर्सको धम्की !

काठमाडौं । काठमाडौको ग्राण्डी अस्पतालका एक डाक्टरले श्रीमतीले विहेमा दाईजो नल्याएको भन्दै श्रीमती माथी निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । डा. पन्कज चौधरीले श्रीमती निहा चौधरीलाई कुटपिट गरेको निहाले फेसबुक मार्फत बताएकी छिन् । 'विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरो श्रीमान र सासु र नन्दहरुले घरमा गली र अभद्र व्यवहार गर्न थाले', उनले फेसबुकमा लेखेकी छिन् । म दुःख सुख गरी बसिरहेको थिएँ, मेरो श्रीमान काठमांडौै बस्नु हुन्छ ग्राण्डी अस्पतालमा मा काम गर्नु हुन्छ । मलाई नि आफू संग राख्नु भन्ने वित्तिकै मलाई कुटपिट गर्नु हुथ्यो, पटकपटक त्यही गर्ने गर्नु हुन्थ्यो । 

उनको फेसबुक पोष्ट जस्ताको जस्तैः 

मेरो बिहे भयेको ८महीना भयो Dr.pankaj Chaudhary संग ! हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्परा द्वारा भायेको थियो! मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुरली रामगोपालपुर महोत्तरीमा हो !
विवाह भायेको केही दिन मात्र बितेको थियो मलाई मेरो श्रीमान र सासु र नन्दहरु ले घरमा गली र अभद्र व्यवहार गरन थाले! म दुःख सुख गरी बसिरहेको थिए! मेरो श्रीमान काठमांडू बसनु हुंछा Grande hospital मा काम गर्नु हुन्छ! मलाई नि आफू संग रखनु भनेने बीतिकाई मलाई कुटपिट गर्नु हुंथ्यो पटकपटक तेहि गर्ने गर्नु हुंथ्यो!
म सहन नसकेर महिला थाना मा गए मलाई गंभीर हुने गरी पिटनु भयेर मेरो आमा लाई आफनो छोरी लाईजाऊ भनी खबर मेरो ससुराबा ले गर्नु भयो! म ३दिन हॉस्पिटल मा भरना भाई जॉच गराए!थाना मा मेरो श्रीमान ४दिन पछी उपस्थित हनु भयो, उपस्थित हुनू साथ म रखदिना घर छिरना दिनन भन्नू भयो! उनको जिदको कारण वहा थानामा नि २दिन बस्नु भयो तेईनी रखदिना भनेर निस्किनु भयो! मैले मेरो जाइरी घरेलू हिंसाको मुदा को दर्ता गराये , तेहि दिन ४ गते उनले divorce मुदा दिनू vayo मलाई घर छीरना दिनू भयेन! मलाई अंश दिनू पर्छ बिछेड़ हुदा भानेर वहा ले aafno सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरु लाई बकस गरीदिनु भयो! मलाई वहा को सम्पत्ति वा अंश चहेको हैन! म बिहेे गरेको बसनकोलगी हो! वहाहरु मलाई बेरी बेरी कुटपीट नगरोस भनेर म महिला थानामा गए!
अब मैले न्याय कसरी पाउने म घर बाटा निस्किनानी मलाई गर्हो भैरको छ! तेरो अनुहार बिगड़ीदिनछु भनी धमकी दिनू भयो!

Post a Comment

0 Comments