डेल्टा भेरियन्ट तिब्र फैलिएपछि सीडीसीले बनायो नयाँ नियम, खोप लगाएकाले पनि मास्क लगाउनुपर्ने

बाल्टिमोर । अमेरिकामा कोरोना भाइरसको नयाँ ‘डेल्टा भेरियन्ट’ तिब्र रुपमा फैलिन थालेपछि यहाँको केन्द्रीय रोग नियन्त्रण विभाग (सीडीसी)ले नयाँ नियम जारी गरेको छ । जसमा कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरुले पनि केही सिमित क्षेत्रमा मास्क लगाउन सुझाव दिईएको छ । 

पूर्णतया खोप लिईएका व्यक्तिहरूले पनि कोरोना भाइरसको संक्रमण उच्च हुनसक्ने क्षेत्रहरुमा भिडभाडको अवस्थामा तथा रेष्टुरेन्टहरुमा भित्र रहेको अवस्थामा मास्क लगाउन सुझाव दिईएको छ । खोप नलगाउनेहरुलाई सीडीसीले थप सजग हुन चेतावनी दिएको छ ।   

अहिले अमेरिकाको दुई तिहाई क्षेत्रमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिसकेको छ । “मैले भर्खरको प्रकोप अनुसन्धानहरूबाट नयाँ वैज्ञानिक तथ्य  देखेको छु, जुन डेल्टा भेरियन्टले पहिलाको कोरोना भाइरसको भन्दा बेग्लै प्रभाव देखिएको छ ।’ सीडीसीका निर्देशक डा. रोशेल वालेन्स्कीले पत्रकार सम्मेलनमा भनिन् । “यो नयाँ प्रकोप थप विज्ञान चिन्ताजनक छ र दुर्भाग्यवस हाम्रो सिफा
रिशहरूको अद्यावधिकको लागि हामीले सुझाव दिएका छौं ।’ उनले भनिन् । 

नयाँ अप्रकाशित तथ्यांक अनुसार खोप लगाईएका व्यक्तिहरूमा पनि डेल्टा कोरोना भाइरस भेरिएन्टमा हुन सक्ने र त्यसले खोप नलगाएका तथा लगाएर पनि कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्तिहरुमा प्रभाव पार्न सक्ने विज्ञहरु बताउँछन् ।  कोरोनाको नयाँ भेरिन्ट र खोप लगाउन नमान्ने अमेरिकी जनताको कारण अबको अवस्था थप जटिल हुन सक्नेमा डाक्टरहरुको चिन्ता छ । सीडीसीले यसअघि मे १३ मै खोप लगाएका व्यक्तिहरूका लागि मास्क अनिवार्य नहुने बताएको थियो । 

सीडिसीको अनुसार अहिले कोरोना संक्रमण देखिएका मध्ये ८३ प्रतिशतमा डोल्टा भेरियन्ट देखिएको छ । डाक्टरहरुले पूर्ण खोप नभएसम्म मास्क लगाउन सुझाव दिएका छन् ।  


Post a Comment

0 Comments