नेपाली सेनासंगै झुक्कीनेगरी देशैभर रानजीतिक गतिविधी, सेना किन बस्छ चुप ?

प्रदेशी संवाददाता, काठमाडौं । 

सेना भन्ने वित्तिकै देशको एक मात्र नेपाली सेना अर्थात नेपाल आर्मीलाई चिनिन्छ । द्वन्द्वकालमा नेपाली सेनाको नाम लिंदा पनि डराउने व्यक्ति धेरै थिए । नेपालमा मात्रै नभएर विश्वभर नेपाली सेनालाई प्रतिष्ठित संस्थाको रुपमा यसको क्षमता र कार्यशैलीको मुल्यांकन गरिन्छ । 

पछिल्लो समयमा यही गर्विलो नेपाली सेनासंग मिल्दोजुल्दो नाममा सामाजिक गतिविधी भइरहेका छन् । कतै साइबर सेना तथा अनलाईन सेनाको नाममा गतिविधी भइरहँदा कोहीलाई लाग्न सक्छ नेपाली सेनाकै एक विभाग होला । तर राजनीतिक स्वार्थको लागि यसरी नेपा
ली सेनाको नाममा दुरुपयोग हुँदा समेत नेपाली सेना भने चुप छ । अझै पुर्व मन्त्रीहरु नै यस्तो विवादित नाम रहेको संस्थाको प्रचार प्रसारमा लागेपछि सेनाको नाम अरु सस्तो भइरहेको झल्को आउँछ ।  

 पछिल्लो समयमा आइटी आर्मी नामको एक युवा दस्ताले त व्यानर सहित सार्वजनिक कार्यक्रम नै गरेर संगठन विस्तार गरिरहेको छ । आइटी आर्मी देख्ने वित्तिकै यो सेना कै एक विभाग होला भनेर झुक्किन समय लाग्दैन तर यो एक युवाहरुको राजनीतिक जत्थाले आर्मीको नाममा संगठन विस्तार समेत सुरु गरिसकेको छ । ‘मुलुक र समाजमा व्याप्त सबैखाले नकरात्मकताहरुको समूल नष्ट (अन्त्य) सहित सकरात्मकताको सुरुवात, रक्षा एवं विकास गर्ने अभिप्रायले समाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्ध गौरवशाली संगठन’ आईटी आर्मी नाममा एक जत्थाले सामाजिक सञ्जालमा लेखेको छ । 



त्यती मात्रै होईन पुर्व मन्त्रीहरुसमेत यो विवादित नाम रहेको संस्थाको प्रचार प्रसार गरिरहेका छन् भन्दा तपाईलाई आश्चर्य लाग्ला । आई. टी. आर्मी नाम गरिएको यो जत्थाको रौतहटमा भएको भेलामा त पूर्व मन्त्री प्रभु शाह नै सहभागि भएका थिए । 

कानूनी रुपमा सेनाको नामै लिंन नमिल्ने नभएपनि व्यवहारिक रुपमा भने सर्वधारण आर्मीको नाममा जनता झुक्किने र यस्ता गतिविधिले सेनाको गरिमामा समेत असर पर्नेतर्फ भने नेपाली सेनाले ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् । 

पूर्व प्रधानमन्त्री केपी ओलीको समयमा साइबर सेनाको नाम धेरै प्रचलनमा आएपछि अहिले यो वा त्यो नाममा सेना जोडेर संगठन विस्तार भइरहेका छन् । व्यवहारिक रुपमा सेनाको नाम राख्दा सोझा जनतामा भने नेपाली सेनाकै विभाग वा अंगको रुपमा भ्रम पर्न सक्छ । 

सेनाको नामको बदनाम गर्ने कार्य उनी केपी ओलीले सुरु गरेका थिए । पछि नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ‘साइबर सेना’ बनाउने घोषणा नै गरे । केन्द्रीय नेता महेश बस्नेतले साइबर सेना बनाउन थालेका बताएका थिए । उनले कम्युनिष्ट नेता–कार्यकर्ताबिरूद्ध भ्रम सिर्जना गर्ने कार्य बढेकाले त्यसलाई खण्डन गर्न साइबर सेना आवश्यक परेको बताएका थिए । तर उनले सेना कस्तो संस्था हो र यसको गरिमा कहाँ छ भन्ने हेक्का समेत राखेनन् ।  उनले साइबर सेना युवा संघकै विभागका रुपमा रहने बताएका थिए । 

अब साइबर सेना युवा संघको विभागको रुपमा रहे नेपाली सेना कुन संघको विभागको रुपमा हो भनेर सोध्ने दिन आउँछ सक्छ ।  बस्नेतको योजना पनि हाँसउठ्दो छ । उनले भनेका छन् ‘साइबर सेनाले सामाजिक सञ्जाललाई कन्ट्रोल गर्ने, साइबर क्राइमको मुद्दा हाल्ने, राज्यको साइबर ब्यूरोलाई सहयोग गर्ने छ’ 

  


Post a Comment

0 Comments