दिपक राज गिरी भन्छन् -‘काग्रेसले सही गर्यो !’


हास्य कलाकार दिपक राज गिरी काग्रेसको विरोध गरेर कम्यूनिष्ट हुने पालो आएको भन्दै काग्रेस सरकारको विरुद्ध व्यंग्य गरेका छन् । उनले फेसबुकमा एक पोष्ट लेख्दै सरकारको विरोध गरे विपक्षि पार्टीको तकमा दिने गरेको दुखेसो पोखे ‘कम्यूनिस्ट सरकार बिरूद्द लेखेर कॉग्रेस भइयो, अब कॉग्रेस बिरूद्द लेखेर कम्यूनिष्ट हुने पालो आयो’ उनले फेसबुकमा लेखेका छन् । 

‘कॉग्रेसले सहि ठॉउमा सहि मान्छे लैजान्छ भन्ने सुन्या थिए हो रहेछ ,स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छोड्यो’ गिरीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीको विषयमा व्यंग्य गरे ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । उनी  स्वस्थ्य व्यवसायी पनि हुन् । 

Post a Comment

0 Comments